फ्रान्सेली लगानीकर्तालाई नेपालमा लगानी गर्न महासङ्घको आग्रह

person explore access_timeअसार २४, २०७८ chat_bubble_outline0

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाले फ्रान्सेली लगानीकर्तालाई नेपालमा लगानी गरी अधिकतम लाभ उठाउन आग्रह गरेका छन् । नेपाल फ्रान्स व्यावसायिक मञ्चको भर्चुअल बैठकलाई आज सम्बोधन गर्दै अध्यक्ष गोल्छाले नेपाल लगानी भित्र्याउन तयार रहेको बताएका हुन् ।

अध्यक्ष गोल्छाले नेपाल आर्थिक विकास र समृद्धिको मार्गमा अगाडि बढिसकेकाले नेपालमा पूर्वाधार विकास, पर्यटन, अर्थतन्त्रको डिजिटलाईजेसन, कृषि प्रशोधन उद्योगमा सम्भावना रहेको बताउदै फ्रान्सेली लगानीकर्तालाई आग्रह गरे ।  अध्यक्ष गोल्छाले महासङ्घले अगाडि बढाएको राष्ट्रिय आर्थिक रूपान्तरण रणनीति २०३० (नेट २०३०) का विषयमा पनि जानकारी गराए । नेट २०३० मा लगानीका क्षेत्रका विषयमा स्पष्ट किटान गरिएको जानकारी गराउँदै विशेष गरी सन् २०३० सम्म नेपालको अर्थतन्त्र १०० अर्ब अमेरिकी डलर पु¥याउने, थप २३ लाख रोजगारी सृजना गर्ने, अर्थतन्त्रसँग व्यापार घाटाको अनुपात आधा घटाउने लक्ष्य लिइएका छन ।

हालसम्म फ्रान्सबाट १०७ परियोजनामा करिब रु एक अर्बको लगानी प्रतिबद्धता आएको छ । व्यापार प्रवद्र्धन केन्द्रका अनुसार गत वर्ष फ्रान्ससँगको व्यापार घाटा करिब रु साढे आठ अर्ब बराबर छ । नेपाल उद्योग वाणिज्य महासङ्घ र फ्रान्सको मेडेफ इन्टरनेशनल आयोजना गरेको उक्त कार्यक्रमलाई काठमाडौँस्थित फ्रान्सेली दूतावास र पेरिसस्थित नेपाली दूतावासको सहयोग रहेको थियो । बैठकमा दुवै देशबाट ५० जना उद्यमी व्यवसायीको सहभागिता थियो । बैठकमा दुवै देशबाट विमानस्थल इञ्जिनीयरिङ, निर्माण, डिजिटल सेक्यूरिटी, बैकिङ, शिक्षा, स्वास्थ्य, कृषि, बैंकिङ, पर्यटन, ऊर्जा, खाद्य प्रशोधन, अटोमोवाइल, रेमिट्यान्सलगायत क्षेत्रबाट प्रतिनिधित्व रहेको थियो ।

कार्यक्रमलाई संवोधन गर्दै नेपालका लागि फ्रेन्सेली राजदूत फंस्वा–जाभिए लेजे र पेरिसस्थित नेपाली राजदूत दिपक अधिकारीले नेपालमा रहेको अधिकतम लगानीको सम्भाव्यतालाई यथार्थतामा रूपान्तरण गरी लाभ उठाउन आग्रह गरे । आपसी लगानी विस्तार गर्न र निजी क्षेत्र बीचको सम्बन्ध विस्तारमा यो बैठक कोशेढुङ्गा हुने उनीहरूको विश्वास थियो ।

महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले द्विपक्षीय सम्बन्धलाई थप मजबुत पार्दै एक अर्काबाट आपसी लाभ उठाउन नेपाल फ्रान्स विजजेश फोरम जस्ता मञ्चको अधिकतम प्रयोगमा जोड दिनुभयो । नेपाल बाह्य लगानीको भोको रहेकाले नेपालमा लगानी गर्न आग्रह गरे । सो अवसरमा नेपालका तर्फबाट कार्यपत्र प्रस्तुत गर्नुहुँदै महासङ्घको अन्तर्राष्ट्रिय लगानी प्रवद्र्धन फोरमका सभापति आनन्द बगाडियाले विदेशी लगानीकर्तालाई सहजीकरण गर्न महासङ्घले संयन्त्र निर्माण गरिरहेको जानकारी दिए । 

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।