शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

नेपाल एसबीआई बैंकद्वारा वीर अस्पताललाई चिकित्सा उपकरण हस्तान्तरण

बिहीबार, २४ असार २०७८, २० : ३३
बिहीबार, २४ असार २०७८

नेपाल एसबीआई बैंकले आफ्नो २८ औँ वार्षिकोत्सव मनाएको छ। उक्त अवसरमा बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वीर अस्पताललाई चिकित्सा उपकरण हस्तान्तरण गरेको छ । वीर अस्पतालमा आयोजना भएको समारोहमा नेपाल एसबीआई बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपक कुमार देले वीर अस्पताल कोभिड एकीकृत केन्द्रिय अस्पतालका प्रमुख प्रशासकीय अधिकृत डा जागेश्वर गौतमलाई हस्तान्तरण गरे ।

उक्त समारोहमा वीर अस्पतालका उपनिर्देशक डा. आशिष ढुंगान का साथै बैंकका नायब प्रमूख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत मोहम्मद रिजवान आलम, प्रमूख सञ्चालन अधिकृत यादभेन्द्र कान्तलगायतको उपस्थिति थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप