अस्पतालबाट घर फर्किए नसीरुद्दीन
बिहीबार, २४ असार २०७८, १९ : ४०
बलिउडका दिग्गज अभिनेता नसीरुद्दीन शाह घर फर्किएका छन् । उनी बुधबार अस्पतालबाट घर फर्किएको उनका छोरा विवानले सामाजिक सञ्जाल मार्फत जानकारी दिएका छन् । उनले आमा रत्ना पाठक शाहसँग नसीरुद्दीनको तस्बिर शेयर गर्दै सो जानकारी दिएका हुन् । नसीरुद्दीनलाई गत महिना पनि निमोनिया भएको थियो ।
तस्बिरमा नसीरुद्दीन र रत्ना बेडरुममा देखिएका छन् । विवानले तस्बिरका साथ लेखेका छन्– ‘आज अस्पतालबाट छुट्टी मिल्यो । घरमा फर्किएका छौ ।’ ७० वर्षका नसीरुद्दीन अघिल्लो मंगलबार मुम्बईको हिन्दुजा अस्पताल भर्ना भएका थिए । उनको फोक्सोमा समस्या देखिएको थियो । अहिले केही राहत मिलेको बताइएको छ ।
नसीरुद्दीन फिल्म अभिनयको कारणले चिनिएका छन् । उनका निशान्त, जाने भि दो यारो, इजाजत, मासुम, मोहरा, सरफरोश, इश्किया, द डर्टी पिक्चरलगायत थुपै्र फिल्मले दर्शकको मन जितेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राज्यका निकायहरूमा समानुपातिक समावेशीकरणका लागि स्पष्ट कानुन आवश्यक : न्यायाधीश मल्ल
-
विधेयक संशोधनमा प्रधानमन्त्रीको हस्तक्षेप छैन : सभापति खतिवडा
-
कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई दियो ११९ रनको लक्ष्य
-
कुर्था–जनकपुर–जयनगर रेल्वे सञ्चालनसँगै सर्वसाधारण लाभान्वित (तस्बिरहरु)
-
वन क्षेत्रको दिगो, वैज्ञानिक र प्रभावकारी ढंगले उपयोगमा जोड
-
महासंघ र कोरिया इम्पोटर्स एसोसिएसनबिच समझदारी