बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

उदयपुरमा जीप दुर्घटना, युवकको मृत्यु

बिहीबार, २४ असार २०७८, १९ : २३
बिहीबार, २४ असार २०७८

कटारीबाट रुपाटार जाँदै गरेको जीप दुर्घटना हुँदा २५ वर्षीय युवकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार जीप दुर्घटनामा मृत्यु हुने युवक ताप्ली–५ का २५ वर्षीय रमेश नेपाली रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायब उपरीक्षक बेदप्रसाद गौतमले बताए ।

कटारी बजारबाट ताप्लीको रुपाटार जाँदै गरेको प्रदेश २–०१००१–च –००५० नम्बरको बोलेरो जीप डुढेस्थित भित्री सडकखण्डको उकालोमा चढ्न खोज्दा चिप्लिएर दुर्घटनामा परेको प्रहरीले बताएको छ । नेपालीको शव परीक्षणका लागि कटारी अस्पतालमा राखिएको र फरार जीप चालकको प्रहरीले खोजी गरिरहेको पनि जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप