नेपाल अझै बेलायतको रेड लिस्टमा

कोरोना सङ्क्रमणका कारण बेलायत सरकारले लगाउँदै आएको यात्रा प्रतिबन्धलाई ब्रिटिस नागरिकका लागि आउँदो जुलाई १९ तारिखबाट थप सहज बनाउने भएको छ । जस अनुसार १४७ वटा एम्बर लिस्टमा समावेश मुलुकबाट इंग्ल्याण्ड आउने ब्रिटिस नागरिकले आइसोलेसन बस्न नपर्ने भएको छ ।
कोरोनाविरुद्धको दुवै डोज खोप लगाइसकेका ब्रिटिस नागरिकलाई पहेँलो(एम्बर लिस्ट) सूचीमा रहेका मुलुकबाट इंग्ल्याण्ड आएपछि क्वारेन्टिन बस्न नपर्ने बेलायती यातायात मन्त्री ग्रान्ट सापले आज संसद्मा बोल्दै उक्त घोषणा गरेका हुन् ।
तर उनीहरूले दुई वटा कोरोना परीक्षण गर्नुपर्नेछ । अन्य देशका नागरिकहरूको हकमा भने एम्बर लिस्टबाट आएपछि सेल्फ आइसोलेसनमा बस्नुपर्नेछ ।
कोरोना संक्रमण दरका आधारमा बेलायत सरकारले बाह्य मुलुकलाई ग्रीन, एम्बर र रेड लिस्ट अन्तर्गत सूचीकृत गरेको थियो । ग्रीन लिस्ट अन्तर्गतका मुलुकबाट इंग्ल्याण्ड आउँदा आइसोलेसन बस्न नपर्ने नियम थियो भने एम्बर लिस्टका मुलुकबाट आउँदा होम आइसोलेसन बस्नुपर्ने नियम थियो ।
तर, रेड लिस्टमा परेका मुलुकबाट फर्किएकाले भने सरकारद्वारा निर्धारित होटेलमा आफ्नै खर्चमा (१७५० पाउन्ड) अनिवार्य होटेल क्वारेन्टिन बस्नुपर्ने छ । रेड लिस्टको सूचीमा परेका मुलुकका लागि भने नियम यथावत् नै रहने मन्त्री सापले बताएका छन् ।
नेपाल, भारत लगायतका केही मुलुकहरू भने अझै पनि बेलायतको रेड लिस्ट अन्तर्गत नै रहेको र ती मुलुकहरुको बारेमा आगामी जुलाई ५ तारिखमा पुनरावलोकन गरिने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राहुल र पोरेल चम्किएपछि आईपीएलमा दिल्लीको शानदार जित
-
बाँकेमा भूमिहिनलाई लालपूर्जा वितरणको तयारी
-
१० बजे १० समाचार : कक्षा १२ को परीक्षा रोकियो, शिक्षकपछि कर्मचारीको आन्दोलन
-
सोलुखुम्बुमा जलवायुसम्बन्धी सम्मेलन सम्पन्न
-
नेपाल आए मेटाका प्रतिनिधि, होला सामाजिक सञ्जाल दर्ता ?
-
आईपीएल : दिल्लीले कमब्याक गर्दा १ सय ५९ रनमा रोकियो लखनउ