शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

नेपाल अझै बेलायतको रेड लिस्टमा

बिहीबार, २४ असार २०७८, १९ : १२
बिहीबार, २४ असार २०७८

कोरोना सङ्क्रमणका कारण बेलायत सरकारले लगाउँदै आएको यात्रा प्रतिबन्धलाई ब्रिटिस नागरिकका लागि आउँदो जुलाई १९ तारिखबाट थप सहज बनाउने भएको छ । जस अनुसार १४७ वटा एम्बर लिस्टमा समावेश मुलुकबाट इंग्ल्याण्ड आउने ब्रिटिस नागरिकले आइसोलेसन बस्न नपर्ने भएको छ ।

कोरोनाविरुद्धको दुवै डोज खोप लगाइसकेका ब्रिटिस नागरिकलाई पहेँलो(एम्बर लिस्ट) सूचीमा रहेका मुलुकबाट इंग्ल्याण्ड आएपछि क्वारेन्टिन बस्न नपर्ने बेलायती यातायात मन्त्री ग्रान्ट सापले आज संसद्मा बोल्दै उक्त घोषणा गरेका हुन् ।

तर उनीहरूले दुई वटा कोरोना परीक्षण गर्नुपर्नेछ । अन्य देशका नागरिकहरूको हकमा भने एम्बर लिस्टबाट आएपछि सेल्फ आइसोलेसनमा बस्नुपर्नेछ ।

कोरोना संक्रमण दरका आधारमा बेलायत सरकारले बाह्य मुलुकलाई ग्रीन, एम्बर र रेड लिस्ट अन्तर्गत सूचीकृत गरेको थियो ।  ग्रीन लिस्ट अन्तर्गतका मुलुकबाट इंग्ल्याण्ड आउँदा आइसोलेसन बस्न नपर्ने नियम थियो भने एम्बर लिस्टका मुलुकबाट आउँदा होम आइसोलेसन बस्नुपर्ने नियम थियो ।

तर, रेड लिस्टमा परेका मुलुकबाट फर्किएकाले भने सरकारद्वारा निर्धारित होटेलमा आफ्नै खर्चमा (१७५० पाउन्ड) अनिवार्य होटेल क्वारेन्टिन बस्नुपर्ने छ । रेड लिस्टको सूचीमा परेका मुलुकका लागि भने नियम यथावत् नै रहने मन्त्री सापले बताएका छन् ।

नेपाल, भारत लगायतका केही मुलुकहरू भने अझै पनि बेलायतको रेड लिस्ट अन्तर्गत नै रहेको र ती मुलुकहरुको बारेमा आगामी जुलाई ५ तारिखमा पुनरावलोकन गरिने बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नरेन्द्र बस्नेत
नरेन्द्र बस्नेत
लेखकबाट थप