बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

पहिरोले घर पुरिँदा ४ वर्षीय बालकको मृत्यु, बाबुआमा अस्पतालमा

बिहीबार, २४ असार २०७८, १८ : ०२
बिहीबार, २४ असार २०७८

बिहीबार बिहान पाल्पामा पहिरोले घर बगाउँदा दुई जनाको मृत्यु भएको छ । जिल्लाको तिनाउँ गाउँपालिका–५ गिट्टिखानीस्थित सिद्धार्थ राजमार्ग छेउमा रहेको घरमा माथिबाट आएको  पहिरोले पुरेर एक बालकसहित २ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा स्थानीय ४५ वर्षीय वीरबहादुर गुरुङ र स्थानीय रमेश परियार र पूजा परियारका ४ वर्षीय छोरा आरोप परियार रहेका छन् । मृतक बालकको दिउँसो शव फेला परेको पाल्पा प्रहरीले जानकारी दिएको छ । मृतक बालकका बाबुआमा दुबै  घाईते भई पाल्पाको प्रभास अस्पतालमा उपचाररत रहेका छन् । पहिरोले पाँचवटा घर  पुरेको छ ।

पहिरोमा परेर अन्दाजी ५० वर्षीया सुन्दरी  गुरुङको अवस्था गम्भीर रहेको पाल्पाका प्रहरी प्रवक्ता डिएसपी  रामेश्वर त्वाँतीले बताए  । उनका अनुसार अन्य ५ जनाको प्रभास अस्पतालमा उपचार भइरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप