युनियन लाइफको आईपीओ : पहिलो दिन ८२ करोड ४७ लाख ८८ हजार रुपैयाँ बराबरको आवेदन

युनियन लाइफ इन्स्योरेन्सको आईपीओमा पहिलो दिन नै ४ लाख ६१ हजार ३५६ जनाले आवेदन दिएका छन् । आइतबार ८२ करोड ४७ लाख ८८ हजार रुपैयाँ बराबरको ८२ लाख ४७ हजार ८८० कित्ताको लागि आवेदन परेको छ ।
कम्पनीले आज (बिहीबार) देखि प्रतिकित्ता एक सय रुपैयाँको दरले ६४ करोड ५० लाख रुपैयाँको ६४ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको हो ।
६४ लाख ५० हजार कित्तामा ३ लाख २२ हजार ५०० कित्ता कर्मचारी र ३ लाख २२ हजार ५०० कित्ता नै सामूहिक लागनीकोषलाई छुट्टयाएको छ । सर्वसाधारणले ५८ लाख ५ हजार कित्तामा मात्रै आवेदन दिन पाउने छन् ।
न्यूनतम १० देखि अधिकतम ३२ हजार २५० कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । आवेदन छिटोमा असार २८ गतेसम्म दिइसक्नुपर्ने छ । उक्त अवधिमा माग अनुसार आवेदन नपरेको खण्डमा साउन ७ गतेसम्म आवेदन दिन सकिने छ ।
लगानीकर्ताले सि–आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयरबाट पनि आवेदन दिन सकिने छ । कम्पनीको आईपीओलाई इक्रा नेपालले इक्रा एनपी इस्यूअर त्रिपल बी रेटिङ दिएको छ । यसको बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ताप्लेजुङका किसान सामूहिक मकैखेतीप्रति आकर्षित
-
लहानमा दुई अर्ब लागतमा सुविधासम्पन्न अस्पताल बनाइने
-
विषादी हालेको अङ्गुर खाइरहनु भएको त छैन ? यसरी सफा गर्नुस्
-
कोलेस्ट्रोल घटाउन चाहनुहुन्छ ? बिहान अपनाउनुहोस् यी ५ बानी
-
सिमेन्टपछि फलामे जाली र छडको पनि मूल्य बढ्यो
-
लन्डनमा डेढ महिनादेखि हराइरहेका नेपाली विद्यार्थी सकुशल फेला