साँफे–मार्तडी सडक पुनः अवरुद्ध
साँफे–मार्तडी सडक पुनः अवरुद्ध भएको छ । गएरातीको अविरल वर्षापछि पहिराे जाँदा साँफे–मार्तडी सडक अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार सो सडकखण्डमा दुई ठाउँमा पहिरो गएको छ । लामो समयदेखि बन्द सडक केही दिन पहिले सञ्चालनमा आएको थियो ।
सञ्चालनमा आएको केही दिनमै पुनः पहिरो गएपछि साँफे मार्तडी सडकको बाजुरा खण्ड सम्पर्कविहीन भएको छ । लगातारको वर्षाले साँफे मार्तडी सडकखण्डको ठाउँठाउँमा पहिरो आएपछि बुधबार रातिबाट सडक अवरोध भएको छ । सडक अवरुद्ध बनेसँगै यातायातका साधन तथा स्थानीयवासीलाईसमेत आवतजावत गर्न समस्या भएको छ ।
बुधबारदेखि आएको वर्षाले बडिमालिका नगरपालिका– ४ को ओलेना र बूढीगङगाको द्वारीमा पहिरो गएपछि आज बिहानबाट यातायातका साधन बन्द भएको जिल्ला प्रहरी कार्यलय बाजुराका प्रहरी नायब उपरीक्षक मदनजीत महराले जानकारी दिएका छन् ।
सडक खुलाउनका लागि आवश्यक पहल भइरहेको प्रहरीले जनाएको छ । ठाउँठाउँमा पहिरो गएर आवतजावतमा निकै समस्या भएको स्थानीयवासीले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ वर्ष बित्यो, सुरु भएन चक्रपथको दोस्रो खण्ड विस्तार
-
म्याग्दीको दोसल्ले गाउँबाट रु एक करोड ५० लाख बढीको सुन्तला बिक्री
-
झापामा शून्य खनजोत प्रविधिबाट मकैखेती
-
सहकारीको पैसामा मिटरब्याजको धन्दा, खाली चेक लिँदै, मुद्दा हाल्दै
-
चितवन राष्ट्रिय निकुञ्ज घुम्नेमा स्वदेशी भन्दा विदेशी बढी
-
कालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख