संयुक्त विद्यार्थी संगठनले निकाल्यो राजधानीमा सिठ्ठी जुलुस (फोटोफिचर)
बिहीबार, २४ असार २०७८, १६ : ४६
संयुक्त विद्यार्थी संगठनले बिहीबार भ्रष्टाचार र महँगीविरुद्ध सिठ्ठी जुलुस निकालेको छ ।
७७ वटै जिल्लामा जुलुस निकाल्ने पूर्वनिर्धारित कार्यक्रमअनुसार विद्यार्थी संगठनले राजधानीमा पनि सिठ्ठीजुलुस निकालेका हुन् ।
राजधानीको माइतीघरमा भेला भएका विद्यार्थी संगठन सिठ्ठी बजाउँदै नयाँ बानेश्वरसम्म पुगेका थिए ।
विद्यार्थी सङ्गठनहरुले पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल फिर्ता लिन माग गर्दै आजै नेपाल आयल निगमलाई ज्ञापन पत्र समेत बुझाएका थिए ।
सरकारको विरोध गर्दै आन्दोलित बन्नेमा नेपाल विद्यार्थी सङ्घ, अखिल (क्रान्तिकारी), अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन र अखिल (छैटौँ) रहेका छन् ।









खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिया, दूध र सुपारी किसानका समस्या समाधान गर्न कांग्रेस सचेतक राईको माग
-
वैवाहिक बलात्कार र डिभोर्स मुद्दा मेलमिलापमा गएपछि बाटो ढुकेर पत्नीको हत्या
-
चीन भ्रमणको कूटनीतिक टेबलमा ‘लिपुलेक–कालापानी’ उच्चारण गर्न खुश्बुको सुझाव
-
राष्ट्रसंघीय विज्ञहरूद्वारा अफगान प्रहरीले महिलामाथि गरेको दमनको निन्दा
-
केही नेपाल ऐन संशोधन विधेयकमाथि सर्वसाधारणसँग राय माग
-
असंलग्नता र समकालीन नेपालको भू–राजनीतिक सङ्कट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण