नेप्सेमा २३.७६ अंकको सुधार, कारोबार रकम भने अझैं बढ्न सकेन

person explore access_timeअसार २४, २०७८ chat_bubble_outline0

झण्डै एक महिना लामो लगातारको गिरावटपछि बिहीबार सेयर बजार परिसूचक नेप्सेमा अधिकतम २३.७६ अंकको सुधार आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से परिसूचक २३.७६ अंकले बढेर २ हजार ८२४.८९ विन्दुमा उक्लिएको छ । 

गत बुधबार नेप्से १६.९७ अंकले घटेर २ हजार ८०१.१३ विन्दुमा झरेको थियो । आज भने ‘क’ वर्गका सेन्सेटिभ इन्डेक्स समेत ४.४१ अंकले बढेर ५२९.६६ विन्दुमा पुगेको छ । यसदिन व्यापार र अन्य समूह बाहेक सबैजसो समूहहरु धनात्मक (पोजेटिभ भएका छन् । यद्यपि, आज सबैजसो समूहहरु धनात्मक हुँदा पनि कारोबार रकम भने अझैं ५ अर्ब पुग्न सकेको छैन ।  

नेप्सेकाअनुसार आज कुल २२३ कम्पनीका एक करोड ३१ लाख ४३ हजार २४० कित्ता सेयर ५१ हजार ८६८ पटक किनबेच हुँदा जम्मा ४ अर्ब ८१ करोड ५५ लाख २० हजार २९४ रुपैयाँको मात्र कारोबार भएको छ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।