शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

काष्ठमण्डप पुनःनिर्माणको काम अन्तिम चरणमा

बिहीबार, २४ असार २०७८, १४ : ३५
बिहीबार, २४ असार २०७८

०७२ सालको भूकम्पबाट क्षतिग्रस्त काष्ठमण्डपको पुनःनिर्माणको काम अन्तिम चरणमा पुगेको छ । काठमाडौं उपत्यकाको परिचय रहेको काष्ठमण्डप सातौँ शताब्दीकै शैली र प्रविधि प्रयोग गरेर पुनःनिर्माण भैरहेको छ । भूकम्पबाट क्षतिग्रस्त काष्ठमण्डपको पुनर्निर्माणको काम ०७५ को वैशाखबाट सुरु भएको थियो ।

उपभोक्ता समितिमार्फत पुरानै शैलीमा पुनर्निर्माणका भैरहेको काष्ठमण्डप पुनः निर्माणका लागि काठमाडौ महानगर पालिकाले काष्ठमण्डप पुनःनिर्माण समितिलाई चार चरणमा गरेर रु ११ करोड ५० लाख रकम उपलब्ध गराएको छ ।

अहिलेसम्म काष्ठमण्डप पुनःनिर्माण काम ९० प्रतिशत सम्पन्न भइसकेको काष्ठमण्डप पुनःनिर्माण समितिका संयोजक एवं प्रदेश सांसद राजेश शाक्यले जानकारी दिए । लकडाउन र निषेधाज्ञाको अवधिमा पनि स्वास्थ्य मापदण्डको पालना गर्दै र सकेसम्म भौतिक दूरी कायम गरी पुनःनिर्माणको कामलाई निरन्तरता दिएको संयोजक शाक्यले जानकारी दिए ।

सुरुमा निर्माणको लागि चाहिने काठको अन्यौल रहे पनि उपभोक्ता समितिले बारा पर्सा रौतहटलगायतका तराईका जिल्लाबाट गोलाकाठ ल्याई हेटौडामा चिरान गरेर काठमाडौं ल्याउने गरेको छ । काष्ठमण्डप पुनःनिर्माण प्रयोग भैरहेको माटो, इँटा र अन्य काठ पुरानो प्रयोग भइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप