सरकारले प्रदेश सभालाई झुटको खेती गर्ने थलो बनाएको विपक्षीको आरोप

विपक्षी दल नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक केदार कार्कीले प्रदेश सरकारले प्रदेश सभालाई झुटको खेती गर्ने थलो बनाएको आरोप लगाएका छन् ।
प्रदेशसभाको बिहीबारको बैठकमा बोल्दै प्रमुख सचेतक कार्कीले प्रदेश सरकारले हाल बन्द अबस्थामा रहेको कोशी कोभिड अस्पताल बनाएर चलाइरहेको भनेर प्रदेश सभा बैठकमा पटक पटक झुट बोलेको आरोप लगाएका हुन् । उनले प्रश्न गरे ‘सरकारले किन जतिखेर पनि झुटो कुरा मात्र गर्छ ? किन संसदलाई झुट बोल्ने थलो बनाउँछ ?’
कार्कीले नागरिकले स्थापना गरेको नागरिक केयर सेन्टरलाई सरकारले बनाएको भन्दै जनतालाई र सांसदहरुलाई समेत सरकारबाट ढाँट्ने काम हुदै आएको दाबी समेत गरे ।
त्यसैगरी कार्कीले संघीय सरकारले सातै प्रदेशका मुख्यमन्त्रीहरूका लागि काठमाडौ गएको बेला बस्नका लागि अपार्टमेन्ट उपलब्ध गराएपनि मुख्यमन्त्रीले छुट्टै घर भाडामा लिएर करोडौं रुपैयाँ खर्च गरेको भन्दै उनले मुख्यमन्त्रीको आलोचना समेत गरेका छन् । ‘धनकुटामा मुख्यमन्त्रीको सम्पर्क कार्यालय राखेर वर्षमा एक पटक पनि नजाने,’ प्रमुख सचेतक कार्कीले भने ‘तर, काठमाडौमा गएर आफुखुसी बस्नका लागि जनताको पैसा खर्च गर्ने ? त्यो जरुरी छैन भन्ने बुझ्न पर्छ ।’
उनले संघीय सरकारले कोशीटप्पुको उकास जमिन सरकार निकटका व्यापारीलाई लिजमा दिएको भन्दै सरकारको सो कार्यको बिरोध समेत गरे ।
उनले विगतमा जुटमिलको शेयर हिनामिना गर्ने निलहरी काफ्लेलाई लिजमा दिएको घटनाको निन्दा गदै यति, ओम्नी, विराटनगर जुटमिल हुँदै कोशीटप्पुको जमीनमाथि समेत दलालहरुको हालिमुहाली देखिएकाले वर्तमान सरकार नै सेटिङवालाहरुले चलाएको आरोप कार्कीले लगाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोय थापाको अलराउन्ड प्रदर्शनमा एन्जल्स हार्टले विसडमलाई हरायो
-
आरआर क्याम्पसमा तोडफोड गर्ने नेविसंघका १९ जनाविरुद्ध पक्राउ पुर्जी जारी
-
भारत–पाकिस्तान युद्धले इन्धन अभावको हल्ला, के भन्छ आयल निगम ?
-
नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न एमालेको ह्विप
-
सभामुखको रुलिङ : भारत र पाकिस्तानका नेपालीको आवश्यक सुरक्षा अपनाउनु
-
सरकारले नीति तथा कार्यक्रममै जनताको अभिव्यक्तिलाई निस्तेज पार्ने काम गरेको छः राप्रपा