सरकारले प्रदेश सभालाई झुटको खेती गर्ने थलो बनाएको विपक्षीको आरोप
विपक्षी दल नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक केदार कार्कीले प्रदेश सरकारले प्रदेश सभालाई झुटको खेती गर्ने थलो बनाएको आरोप लगाएका छन् ।
प्रदेशसभाको बिहीबारको बैठकमा बोल्दै प्रमुख सचेतक कार्कीले प्रदेश सरकारले हाल बन्द अबस्थामा रहेको कोशी कोभिड अस्पताल बनाएर चलाइरहेको भनेर प्रदेश सभा बैठकमा पटक पटक झुट बोलेको आरोप लगाएका हुन् । उनले प्रश्न गरे ‘सरकारले किन जतिखेर पनि झुटो कुरा मात्र गर्छ ? किन संसदलाई झुट बोल्ने थलो बनाउँछ ?’
कार्कीले नागरिकले स्थापना गरेको नागरिक केयर सेन्टरलाई सरकारले बनाएको भन्दै जनतालाई र सांसदहरुलाई समेत सरकारबाट ढाँट्ने काम हुदै आएको दाबी समेत गरे ।
त्यसैगरी कार्कीले संघीय सरकारले सातै प्रदेशका मुख्यमन्त्रीहरूका लागि काठमाडौ गएको बेला बस्नका लागि अपार्टमेन्ट उपलब्ध गराएपनि मुख्यमन्त्रीले छुट्टै घर भाडामा लिएर करोडौं रुपैयाँ खर्च गरेको भन्दै उनले मुख्यमन्त्रीको आलोचना समेत गरेका छन् । ‘धनकुटामा मुख्यमन्त्रीको सम्पर्क कार्यालय राखेर वर्षमा एक पटक पनि नजाने,’ प्रमुख सचेतक कार्कीले भने ‘तर, काठमाडौमा गएर आफुखुसी बस्नका लागि जनताको पैसा खर्च गर्ने ? त्यो जरुरी छैन भन्ने बुझ्न पर्छ ।’
उनले संघीय सरकारले कोशीटप्पुको उकास जमिन सरकार निकटका व्यापारीलाई लिजमा दिएको भन्दै सरकारको सो कार्यको बिरोध समेत गरे ।
उनले विगतमा जुटमिलको शेयर हिनामिना गर्ने निलहरी काफ्लेलाई लिजमा दिएको घटनाको निन्दा गदै यति, ओम्नी, विराटनगर जुटमिल हुँदै कोशीटप्पुको जमीनमाथि समेत दलालहरुको हालिमुहाली देखिएकाले वर्तमान सरकार नै सेटिङवालाहरुले चलाएको आरोप कार्कीले लगाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युनेस्कोको रचनात्मक सहर सञ्जालमा कामपा र ललितपुर महानगर सदस्य
-
नेपाल आँखा अस्पतालको सेवा आइतबार पनि
-
अध्ययन भिसा सिफारिस प्रकरणमा कर्मचारीको भूमिका छानबिन गर्न समिति गठन
-
कांग्रेस नीति प्रतिष्ठानद्वारा ५ विषयगत उपसमिति गठन
-
कश्मीरमा विरोध प्रदर्शन : मृत्यु हुनेको सङ्ख्या २० पुग्यो
-
भारत सरकारको साढे १४ करोड सहयोगमा हुम्लामा बन्ने भयो ‘नेपाल–भारत मैत्री अस्पताल’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण