शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

बाढीको पानीले रौतहटमा सयौँ बिगाहा धानबाली नष्ट

बिहीबार, २४ असार २०७८, १४ : १२
बिहीबार, २४ असार २०७८

रौतहटस्थित अँडुवा खोलाको बाढीले सयौँ बिगाहा धानबाली नष्ट भएको छ । रौतहट  र बारा जिल्ला को सीमानामा  पर्ने आएको बाढीले फतुवा बिजयपुर नगरपालिकाका दर्जनौं  किसानहरुले लगाएको सयौँ बिगाहा धानबाली खेतमै नष्ट भएका हो । वर्षभरीको  मिहिनेत र हजारौँ रुपैया लगानी गरेर किसानहरुले लगाएको धानबाली काट्ने बेलामा बाढीको पानीले नष्ट हुँदा  फतुवा बिजयपुर नगरक्षेत्र अन्तर्गत रामदासी, पेटभर्वा र बाराको सिंहास्नी, बैरिया तथा मलाहिगाउँको नदीका किसानहरु चिन्तित भएका छन् । 

स्थानीय देवीलाल महतोको ४ बिगाहा, जोखु राय यादव को १ बिगाहा, राजा साहको १५ कठ्ठा, धनई साहको १५ कठ्ठा, रघुनाथ साहको १ बिगाहा लगायत दर्जनौँ किसानले आ–आफ्नो खेतमा लगाएको  एक सय बिगाहाभन्दा बढी क्षेत्रफल जग्गाको चैते धानबाली  नष्ट भएको पूर्व गाविस अध्यक्ष राम एकबाल यादव जानकारी दिएका छन् । 

अँडुवा खोलामा आएको बाढीले  झन्डै  ४ हजार कुनटल धान नष्ट हुँदा एक करोडभन्दा बढीको क्षति भएको फतुवा विजयपुरका मेयर गोपाल यादवले जानकारी दिए । ठुलो परिमाणमा किसानको क्षति हुँदा राहत क्षतिपूर्ति परै जाओस् हालसम्म  कुनै निकायले निरीक्षण समेत नगरेको पीडित किसानहरूले दुखेसो पोखेका छन् ।

जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष तथा रौतहटका सिडिओ इन्द्रदेव यादवले उक्त समस्याबारे कसैले हालसम्म जानकारी नगएकाले जान नसकेको र यसैलाई खबर बुझेर अविलम्ब स्थलगत निरीक्षणमा जाने प्रतिबद्धता जनाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सञ्जय मिश्रा
सञ्जय मिश्रा

सञ्जय मिश्रा रातोपाटीका लागि रौतहट जिल्लाका संवाददाता हुन् ।

लेखकबाट थप