पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा निगमको कार्यालय घेराउ, तस्बिरमा हेर्नुहोस्
बिहीबार, २४ असार २०७८, १३ : ४८
पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको भन्दै अखिल (क्रान्तिकारी) नेपाल आयल नियमको कार्यालय घेराउ गरेको छ । पेट्रोलियम पदार्थको मूल्यवृद्धि खारेज गर्नुपर्ने माग गर्दै उनीहरुले प्लेकार्ड प्रदर्शन गर्नुका साथै नाराबाजीसमेत गरेका थिए ।
यसअघि पाँच विद्यार्थी संगठनहरुले पनि पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल फिर्ता लिन माग गर्दै नेपाल आयल निगमलाई ज्ञापन पत्र बुझाएको थियो । लकडाउनले आम उपभोक्ताको आम्दानी घटेको र रोजगारी गुमेको पीडादायी अवस्था भएकाले नेपाल विद्यार्थी संघ, अखिल (क्रान्तिकारी), अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन र अखिल (छैटौँ) ले निगमलाई ज्ञापनपत्र बुझाएको हो ।
यो पनि
पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल फिर्ता नलिए संयुक्त विद्यार्थी संगठनले कडा आन्दोलन गर्ने चेतावनीसमेत दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ वर्ष बित्यो, सुरु भएन चक्रपथको दोस्रो खण्ड विस्तार
-
म्याग्दीको दोसल्ले गाउँबाट रु एक करोड ५० लाख बढीको सुन्तला बिक्री
-
झापामा शून्य खनजोत प्रविधिबाट मकैखेती
-
सहकारीको पैसामा मिटरब्याजको धन्दा, खाली चेक लिँदै, मुद्दा हाल्दै
-
चितवन राष्ट्रिय निकुञ्ज घुम्नेमा स्वदेशी भन्दा विदेशी बढी
-
कालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख