बलिउड अभिनेता दिलिपकुमारको ज्यान लिने प्रोस्टेट क्यान्सर के हो ?
भारतीय अभिनेता दिलिपकुमारको मंगलबार निधन भएको छ । उपचारमा संलग्न चिकित्सकहरुकाअनुसार उनमा एडभान्स्ड प्रोस्टेट क्यान्सर थियो र यो शरीरका बाँकी अंगमा फैलियो । यहीकारण उनको प्यूरल क्याविटीमा पानी भरिएको थियो, जसलाई धेरैपटक निकालियो पनि । तर यसका बाबजुद उनको किड्नी फेल भयो । एडभान्स्ड प्रोस्टेट क्यान्सर के हो र यसका बिरामीहरुले के कुरामा ध्यान दिनुपर्छ ? आउनुस् यसबारे चर्चा गरौं :
के हो एडभान्स्ड क्यान्सर ?
पुरुषको युरिनल ब्लाडरको तल्लो हिस्सामा कागती आकारको ग्ल्यान्ड हुन्छ । यसलाई प्रास्टेट ग्ल्यान्ड या पीयूष ग्रन्थी पनि भनिन्छ । पूरुषको उमेरसँगै यस ग्ल्यान्डको आकार पनि बढ्न थाल्छ । यदि यसको आकार सामान्यभन्दा धेरै भयो भने सोच्न जरुरी छ । प्रोस्टेट क्यान्सरका दुई स्टेज हुन्छन् ।
पहिलो : अर्ली स्टेज, जसमा क्यान्सर पत्ता लगाएर रेडिएशन, एन्ड्रोजन डिप्राईवेशन थेरापी र सर्जरीको सहयोगले यसको उपचार संभव हुन्छ । अर्को, एडभान्स्ड स्टेज : जहाँ उपचार थोरै मुस्किल हुन्छ । यसमा रेडिएशन, एन्ड्रोजन डिप्राईवेशन थेरापी र सर्जरीको सहयोगले केवल राम्रो गुणस्तरको जीवन दिन सकिन्छ ।
लक्षण
पिसाब गर्न रोकावट महसुस हुन्छ ।
बारम्बार पिसाब आउँछ ।
बिरामीको हड्डी, कम्मरमा दुखाई पनि हुनसक्छ ।
तर, यी कुनै पनि लक्षण प्रास्टेट क्यान्सरकै विशेष लक्षण भने होइनन् किनकी अन्य रोगका बिरामीमा पनि यस्ता लक्षण देखिन्छन् । यस क्यान्सरका कारण वीर्यमा पनि रगत देखिन्छ ।
कसलाई धेरै खतरा ?
उमेर बढेसँगै प्रोटेस्ट क्यान्सर हुने सम्भावना पनि बढ्न थाल्छ । प्रायजसो पुरुषहरूमा ५० वर्षको उमेरपछि प्रोस्टेट क्यान्सरको लक्षण देखिन्छ । औसत रुपमा प्रोस्टेट क्यान्सर हुने उमेर ६५ साल देखिएको छ । ४० वर्षभन्दा कम उमेरका रुपमा दुर्लभ रुपमा मात्रै यो रोग देखिन्छ ।
कसरी पहिचान गर्ने
५० वर्षभन्दा माथिको उमेरका पुरुषले पिएसए अर्थात् प्रोस्टेट स्पेसिफिक एन्टिजन परीक्षण गराउन निकै जरुरी हुन्छ । यसमा रगत परीक्षण गरिन्छ । यदि पिएसएको भ्यालु बढ्यो भने प्रोस्टेट क्यान्सर हुने सम्भावना हुन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते
-
१० बजे, १० समाचार
-
अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर
-
ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ : मन्त्री चौधरी