आजदेखि यूनियन लाइफको आईपीओ खुल्यो
बिहीबार, २४ असार २०७८, ११ : ४९
युनियन लाइफ इन्स्योरेन्सको ६४ करोड ५० लाख रुपैयाँ बराबरको ६४ लाख ५० हजार कित्ता आईपीओ आजबाट सर्वसाधारणका लागि खुल्ला भएको छ ।
कुल ६४ लाख ५० हजार कित्ता सेयर मध्ये कम्पनीले समान ३ लाख २२ हजार ५०० कित्ता संस्थागत कर्मचारी र सामूहिक लागानीकोषलाई छुट्याएर बाँकी रहेको ५८ लाख ५ हजार कित्ता सर्वसाधारणका लागि निष्काशन गरेको हो ।
सर्वसाधारण लगानीकर्ताहरूले न्यूनतम १० कित्तादेखि अधिकतम ३२ हजार २५० कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।
भने, आवेदन छिटोमा असार २८ गतेसम्म दिइसक्नुपर्ने छ । यदि माग अनुसार आवेदन नपरेको खण्डमा कम्पनीले साउन ७ गतेसम्म आवेदन समयावधी बढाउने जनाएको छ । कम्पनीको सेयर विक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हर्क साम्पाङको उपमहानगर धरानमा सुर्तीजन्य वस्तु किन्न र बेच्न प्रतिबन्ध
-
१२ बजे, १२ समाचार : सरकारविरुद्ध सशक्त विरोध गर्ने विपक्षी दलको तयारीदेखि वकिललाई आक्रमण गरेको अपजस खेप्दै रास्वपासम्म
-
लुम्बिनीमा बन्ने युनिभर्सल पिस सेन्चुरीबारे विश्वलाई जानकारी दिँदै नेपाली धर्मगुरु
-
किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ
-
छरिएर रहेका वामपन्थी शक्तिलाई एकै ठाउँमा ल्याउने प्रयास भइरहेको छ : अध्यक्ष नेपाल
-
वि.सं २०८२ को पञ्चाङ्ग माघ तेस्रो सातासम्ममा बजारमा आउने