के प्रेममा छन् वर्षा र राज ?
कोरोनाको कहरका कारण निर्माण प्रदर्शनका हिसाबले सुस्ताएको फिल्म नगरी कलाकारका फेसन, प्रेम र रोमान्सका गसिपले भने सधैँ चर्चाको केन्द्रमा छ । पछिल्लो समय फिल्म क्षेत्रमा चर्चाको विषय अभिनेत्री वर्षा सिवाकोटी र अभिनेता राज कटुवालको प्रेम सम्बन्ध भएको छ ।
दुवैले खुलेर प्रेम स्वीकार नगरे पनि उनीहरू प्रेममा रहेको कुरा भने लुक्न सकेको छैन । गत वर्ष एकसाथ होली मनाएपछि प्रेममा रहेको चर्चा चलेका यी दुवै मिडियामा भने आफूहरू राम्रो साथी रहेको बताउँदै आएका छन् । तर सामाजिक सञ्जालमा उनीहरूको पोस्ट नियाल्ने हो भने दुवै बिच प्रेम रहेको अनुमान सजिलै गर्न सकिन्छ ।
कोरोनाको कारण केही अगाडि जारी निषेधाज्ञामा एक अर्कोसँग भेट्न नपाएपछि सामाजिक सञ्जाल मार्फत एक अर्काको प्रेम व्यक्त गरेका वर्षा र राज निषेधाज्ञा खुकुलो भएपछि भने दैनिक जसो एकसाथ देखिन थालेका छन् । गत मङ्गलबार स्नेहा आश्रममा एक व्यक्तिको बर्थ–डे मनाउन समेत उनीहरू साथ पुगेका थिए । सोही दिन वर्षाले इन्स्टास्टोरीमा राजसँगको एउटा तस्बिर शेयर गरेकी थिइन् ।
तस्बिरमा वर्षाले राजको छातीमा आफ्नो शिर राखेर खुसीको मुस्कान छाडेको देख्न सकिन्छ । जुन तस्बिरबाट पनि उनीहरू प्रेममा रहेको जो कोही ले पनि अनुमान गर्न सक्दछन् ।
मिडियाको अगाडि प्रेम स्वीकार गर्न बाकी भएपनि यो जोडीले सामाजिक सञ्जालको माध्यमबाट भने प्रेम व्यक्त गरिरहेका छन् । केही अगाडि वर्षाले राजसँग भिडियो कलमा कुराकानी गर्दाको स्क्रिन सट इन्स्टामा राख्दै राजले आफूलाई सधैँ खुसी दिने प्रयास गरेको बताएकी थिइन् ।
अमेरिकामा बस्ने सविनजंग थापासँग ब्रेकअप भएपछि वर्षा राजसँग नजिकिएकी हुन् । अभिनेत्री पूजा शर्माको माध्यमबाट यी दुवै नजिकिएको बताइन्छ । अहिले दुवैले विवाह प्लानिङ गरेको फिल्म क्षेत्रमा चर्चा छ । तर प्रेम र विवाहको विषयमा भने दुवैले आधिकारिक मुख खोल्न भने बाकी रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृह जिल्लामै ओलीको निर्देशन पालना भएन, सहमतिको नाममा निर्वाचन कार्यतालिका सारियो
-
सहसचिव शर्माको नेतृत्वमा बजेटको मस्यौदा लेखन समिति गठन
-
द्रुतमार्गको सट्टाभर्ना बापत सेनाले वृक्षरोपण गरेको जग्गामा व्यक्तिको दाबी
-
रोमाञ्चक खेलमा आयरल्यान्ड ‘ए’ ले नेपाल ‘ए’ लाई २१ रनले हरायो
-
फौजदारी न्यायको प्रभावकारिता बिना न्याय प्रणाली सुदृढ बन्न सक्दैन: प्रधानन्यायाधीश श्रेष्ठ
-
सङ्घीयता प्रतिवेदनका सुझाव कार्यान्वयन गर्न निर्देशन