इन्धनको मूल्य लगातार बढ्दा मारमा उपभोक्ता
![इन्धनको मूल्य लगातार बढ्दा मारमा उपभोक्ता](https://rpcdn.ratopati.com/media/albums/petrol-oil-pump-tel_Io7F2XjI8k.jpg)
पछिल्लो एक वर्षदेखि लगातार पेट्रोलियम पदार्थको मूल्य बढेपछि त्यसको मारमा उपभोक्ता परेका छन् । अन्तर्राष्ट्रिय बजारमा कच्चातेलको मूल्य बढेकाले नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घरेलु बजारमा बढेको बताए पनि त्यसको असर भने उपभोक्तमा पर्न गएको हो ।
गत वर्ष साउन महिनामा १०५ रुपैयाँ रहेको पेट्रोलको मूल्य बढेर १२९ पुगेको छ । सो अवधिमा ९१ रुपैयाँ रहेको डिजेलको अहिले ११२ रुपैयाँ पुगेको छ ।
अघिल्लो वर्ष १३ सय ५० रुपैयाँ रहेको ग्यासको मूल्य बढेर १४ सय २५ रुपैयाँ कायम भएको छ । गत वर्षदेखि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य निरन्तर बढ्दै गएको निगमको दावी छ ।
तर, निगमले स्वचालित मूल्य प्रणालीअनुसार मूल्य बढाउँदा त्यसको असर उपभोक्तामा पर्न गएको छ । पेट्रोलियम पदार्थको मूल्य बढ्दा अत्यावश्यक वस्तुको ढुवानी लागत महँगो भएको छ र त्यसको मूल्य उपभोक्ताले तिर्नु परेको छ ।
निगमले लगातार इन्धनको मूल्य बढाएको भन्दै त्यसको चौतर्फी विरोध भएको छ । उपभोक्ता अधिकारकर्मी माधव तिमिल्सेना कोभिडको मारमा परेका उपभोक्तालाई प्रत्यक्ष मार पर्ने गरी बढाइएको इन्धनको मूल्य फिर्ता गर्नुपर्ने बताउँछन् । उपभोक्ता अधिकारकर्मी पनि विरोध गरेझैं मात्र गर्छन् भन्ने आम उपभोक्ताको गुनासो छ । यो समाचार कारोबार दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले बैठकमा सुनाइयो नेपाली केटो र अमेरिकन केटीको लभ स्टोरी, मन्त्री फिर्ता नबोलाउनुको यस्तो छ कारण
-
विदेशमा रहेका नेपालीहरूको हितरक्षाका लागि विदेशस्थित नेपाली नियोगहरूको क्षमता अभिवृद्धि गर्नुपर्छ: प्रधानमन्त्री
-
नेप्से सूचकमा सामान्य वृद्धि, कारोबार ५ अर्ब नाघ्यो
-
‘हरेक निर्वाचन क्षेत्रका चार वटा योजनामा बजेट विनियोजन गर्नुपर्ने नीति बनाउनुपर्छ’
-
पानीपुरीमा भेटियो क्यान्सर गराउने तत्त्व
-
मध्यरात कांग्रेस–एमालेबिच भएको सम्झौता पश्चगामी : देव गुरुङ