झापाका उद्योगी अग्रवालको कोरोना संक्रमणबाट मृत्यु
![झापाका उद्योगी अग्रवालको कोरोना संक्रमणबाट मृत्यु](https://rpcdn.ratopati.com/media/albums/Screenshot_2021-07-08-07-34-09-07_nvJHuEiro2.png)
झापा । झापा भद्रपुरका पुराना उद्योगी तथा समाजसेवी परशुराम अग्रवालको मृत्यु भएको छ । कोरोना संक्रमित अग्रवालको उपचारको क्रममा भारतको सिलिगुडीस्थित महाराजा नर्सिङ होममा गएराति मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ ।
स्वास्थ्यमा समस्या देखिएपछि गत जेठ ३१ गते मेची अस्पताल भद्रपुरमा अग्रवालको पीसीआर परीक्षण गरिएको थियो । परीक्षणबाट उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो ।
केही दिन होम आइसोलेसनमा बसेर उपचार गराइरहेका उनको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि थप उपचारका लागि असार ४ गते भारतको सिलिगुडी लगिएको थियो । पछिल्लो समय उनको स्वास्थ्य अवस्था सामान्य बन्दै गइरहेको थियो ।
बुधवार दिउँसो स्वास्थ्य अवस्था फेरि जटिल बनेपछि उनलाई भेन्टिलेटरमा राखिएको थियो । भेन्टिलेटरमा राखेको केही घण्टामै उनको मृत्यु भएको जानकारी चिकित्सकले आफन्तलाई गराएका थिए ।
उनी झापा उद्योग वाणिज्य संघमा दुई कार्यकाल अध्यक्ष भएका थिए ।
६२ बर्षीय अग्रवाल व्यवसायसँगै समाजसेवामा समेत उत्तिकै अग्रसर थिए । मोहपाल धर्मशाला समाजसेवा ट्रस्ट, भद्रपुर मारवाडी संघ, भद्रपुर गौशाला, विभिन्न मठमन्दिर आदि बनाउन उनले ठूलो सहयोग गरेका थिए । उनको जिल्लामा मनसा सिमेन्ट उद्योग, मगमग चाउचाउ, ग्यालेक्सी इन्टरनेशनल स्कुल, गुट्खा उद्योग, घडी बिडी उद्योग, होटेल, सिनेमा हल लगानी रहेको छ ।
पारिवारिक स्रोतका अनुसार अग्रवालको आजै दिउसो स्थानीय मेची नदीमा अन्त्येष्टि गरिने भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महिला यु–१९ एसिया कप : वर्षाले खेल अवरुद्ध
-
गाजामा युद्धविराम हुनेमा अमेरिकी विदेशमन्त्री ब्लिन्केन ‘आशावादी’
-
युक्रेनी युद्धमा कम्तीमा सय जना उत्तर कोरियाली सेनाको मृत्यु
-
आइएमएफबाट कर्जा लिन बिट्क्वाइनमा नीतिमा कटौती गर्दै एल सल्भाडोर
-
अमेरिकामा भेटियो गोप्य चिनियाँ प्रहरी थाना
-
सङ्घीयता कार्यान्वयनसँग जोडिएका कानुनहरूको निर्माणमा सक्रियतापूर्वक लागेको छु: सभामुख घिमिरे