बागमती प्रदेशसभा बैठक असार २६ गतेका लागि आह्वान
बागमती प्रदेशसभाको बैठक असार २६ गतेका लागि आह्वान गरिएको छ । अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको प्रदेशसभाको बैठक असार २६ गते शनिबारको लागि पुनः आह्वान गरिएको हो ।
प्रदेशसभा सचिवालयले असार २६ गते शनिबार दिउँसो ३ बजेका लागि बैठक आह्वान गरेको छ । सरकारको आगामी आर्थिक वर्ष २०७८/०७९ बजेटको विनियोजन विधेयकमाथि छलफलका क्रममा विभिन्न माग राख्दै विपक्षी दलहरुले गत असार १९ गते शनिबारको प्रदेशसभा बैठक अवरुद्ध पारेका थिए ।
विपक्षी दलहरूको अवरोधपछि सभामुख सानुकुमार श्रेष्ठले असार २१ गते सोमबार अर्को सूचना नभएसम्मका लागि बैठक स्थगित गरेका थिए । त्यसपछि प्रदेश सरकारको बजेटमाथिको छलफल अन्यौल बनेको छ ।
प्रदेश सरकारको बजेट पास गराउने विषयलाई लिएर बैठकमा सत्तापक्षबाट नै आनाकानी भैरहेको छ भने प्रतिपक्षहरूले विरोध गरिरहेका छन् । विरोधका कारण प्रदेशसभाको बैठक गत शनिबारबाट अवरुद्ध हुँदै आएको हो । बैठक विगत तीन दिनदेखि लगातार अवरुद्ध भइरहेको छ । बैठकमा प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्र, प्रतिपक्ष दल नेपाली काँग्रेस, विवेकशील साझा पार्टी, नेमकिपाको अवरोध कायम छ ।
विपद् व्यवस्थापन र कोभिड महामारीलाई बेवास्ता, विपद व्यवस्थापनको बजेट संघीयता विपरित जिल्ला प्रशासन कार्यालयमा पठाउन नहुने, बजेट सिधै स्थानीय तहमा पठाउनुपर्ने, सशर्त तर्फको बजेट र योजनाको बाँडफाँडमा सत्तापक्ष र प्रतिपक्ष बीच विभेद गर्न बन्द गर्न नहुने, प्रदेश सरकार मातहतमा आमसञ्चार गृह सञ्चालनको निर्णय फिर्ता गर्नुपर्ने, विद्युतीय बस खरिद प्रकृया रोक्नुपर्ने र सुरङ्ग मार्ग निर्माणको योजना बन्द गर्नुपर्ने माग गर्दै प्रदेशसभामा विपक्षी दलहरुले लगातार अवरोध गरिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेकपाको ७६ औँ वर्षगाँठ : विशेष कार्यक्रम गर्दै एमाले
-
लामो समय विद्यालय बन्द हुँदा विद्यार्थी कुलतमा
-
कक्षा १२ को परीक्षाबारे निर्णय गर्न आज बोर्ड बैठक बस्ने
-
वडा सदस्य महतोको लोभलाग्दो मेवाखेती
-
समस्याग्रस्त सहकारीको व्यवस्थापन गर्न बनेको समिति नै समस्यामा
-
अमेरिकामा पनि भव्यताका साथ मनाइयो बिस्का जात्रा (तस्बिरहरू)