बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

‘स्मार्ट लर्निङ जोन निमा एकेडेमी’

परम्परागत शिक्षण विधिमा फड्को, १ घण्टाको सिकाइ अब १० मिनेटमै
बुधबार, २३ असार २०७८, २२ : ३१
बुधबार, २३ असार २०७८

पढ्ने र पढाउने अर्थात् सिक्ने र सिकाउने शैली विस्तारै डिजिटल माध्यममा रूपान्तरण भइरहेको छ । विश्वले डिजिटल प्रविधिमा फड्को मारिसकेको अहिलेको समयमा नेपालमा पनि यसले आफ्नो स्थान बनाउन थालेको छ । अझ बालबालिकाको सिकाइलाई त डिजिटल प्रविधि निकै लोकप्रिय बनेको छ ।

कोरोना भाइरसको महामारीपछिको लकडाउनको मोडलमा मुलुक गएपछिको अवस्थामा डिजिटल लर्निङ विधि थप सहयोगी साबित भएको छ । बालबालिकाको सिकाइमा यसले थप सहयोगी भूमिका खेलेको देखिन्छ । आजभोलि स्कुल, कलेजले डिजिटल शिक्षालाई प्रवद्र्धन गरिरहेको बेला अन्य थुप्रै लर्निङ प्लेटफर्महरूको पनि विकास भइरहेका छन् । विकसित मुलुकमा यो विधि पुरानै भए पनि नेपालमा भने यस्ता विधि भर्खरै भित्रिएका हुन् ।

नेपाल सरकारले वैकल्पिक शिक्षा सिकाइको रूपमा डिजिटल शिक्षालाई प्राथमिकतामा राख्न थालेपछि निजी क्षेत्र पनि डिजिटल शिक्षाप्रति उत्साहित देखिएका छन् । डिजिटल शिक्षालाई अगाडि बढाउन र बालबालिकालाई पढ्ने बानीको विकास गर्नकै लागि भनेर २०१८ मा स्थापना भएको थियो ‘निमा एकेडेमी’ । डिजिटल लर्निङ जोनको रूपमा स्थापना भएको ‘निमा एकेडेमी’ले बालबालिकाका लागि विशेष पाठ्यक्रम नै बनाएर शिक्षा प्रदान गर्ने गरेको निमा एकेडेमीकी चिफ अपरेटिङ अफिसर नेहा जोशीले बताइन् ।

१० मिनेट पढेर बुझ्न सकिने कुरालाई घन्टौँ लगाएर पढ्नुपर्ने बाध्यताको अन्त्यका लागि डिजिटल शिक्षाको अवधारणाको विकास गरी आफ्नै पाठ्यक्रमसहित आएको जोशी बताउँछिन् । नेपालका शिक्षण संस्थाहरूमा डिजिटल प्रविधि र ज्ञानसहितको अध्ययन–अध्यापनलाई स्थापित गर्ने उद्देश्यसहित अगाडि बढिरहेको उनले बताइन् ।

लर्निङ टेक्नोलोजीका साथ निमा एकेडेमी

कक्षा १ देखि १० सम्मका सबै पाठ्यक्रम विकास केन्द्रबाट मान्यता प्राप्त कोर्सहरू प्रयोग गरी सजिलै कक्षा सञ्चालन गर्न सकिने निमा एकेडेमीका चिफ अपरेटिङ अफिसर नेहा जोशीले बताइन् । निमा एकेडेमीका कोर्सहरू रमाइला र अन्तत्र्रिmयात्मक वातावरणमा बनाइएकाले बालबालिकालाई बुझ्न र बुझाउन निकै सजिलो हुने जोशीले बताइन् ।

सन २०१८ मा स्थापित निमा एकेडेमी शैक्षिक क्षेत्रको विकासमा सहयोग पु¥याउनका लागि स्थापना भएको एकेडेमीका सीओओ जोशीले बताइन् । एकेडेमी नयाँ डिजिटल शिक्षाका लागि लर्निङ टेक्नोलोजीको प्रयोगका साथ आएको जोशीको भनाइ छ ।

नेपाली शिक्षा क्षेत्रमा करिब ३० वर्षभन्दा माथिको अनुभव भएका व्यक्तिहरूद्वारा सञ्चालित यस संस्थाले नेपाली शैक्षिक क्षेत्रमा एउटा नयाँ आयाम थप्ने विश्वास एकेडेमीको छ । परम्परागत शिक्षण विधिलाई अपग्रेड गर्नका निम्ति आधुनिक प्रविधि र आफ्नो अनुभवको मद्दतले यो संस्था खडा गरेको एकेडेमीले बताएको छ ।

बालबालिकालाई कुनै पनि विषयबारे जानकारी दिन सहज माध्यमका रूपमा आएको भिडियो प्रविधिलाई निमाले अँगालेको छ । विभिन्न भिडियो सामग्रीमार्फत विभिन्न किसिमका जानकारी दिइने जोशीले बताइन् । जोशीका अनुसार निमा एकेडेमीका कोर्सहरूमा भिडियो, आर्टिकल, क्विज, टेस्ट, असाइन्मेन्ट तथा गेमहरू समावेश गरिएको छ । सैद्धान्तिक ज्ञानका साथसाथै व्यावहारिक र उदाहरणमा आधारित मिश्रित लर्निङ प्रविधिको प्रयोग निमा एकेडेमीले गरेको छ । यस्ता किसिमका शैक्षिक कोर्सहरूले विद्यार्थीहरूलाई मात्र नभई शिक्षकहरूका लागि पनि अध्यापनमा सहयोग पुग्नेछ ।

कोरोना महामारीले गर्दा स्कुलहरू डिजिटलाइज्ड हुँदै गइरहेको अहिलेको अवस्थामा विद्यार्थीहरूलाई घरमै बसीबसी इन्टरनेट प्रयोग गरी वा इन्टरनेट बिना नै पठनपाठनलाई सहज बनाउन निमाले सघाउने उनले बताइन् । यसले स्कुलहरूलाई पनि निकै सहयोग गरिरहेको उनको भनाइ छ ।

बालबालिकाको चाहनाअनुसारका सामग्री

निमा एकेडेमीले तयार गरेको पाठ्यक्रम बालबालिकाको चाहनालाई विशेष ध्यान दिएर निर्माण गरिएको सीओओ जोशीले बताइन् । हाललाई गणित, विज्ञान र सामाजिक शिक्षालाई (म्याथ, साइन्स र सोसल स्टडिज) लाई विशेष फोकस गरिएको उनले बताइन् । बालबालिकाहरूलार्ई अलि कठिन लाग्ने यी विषयहरूलाई कसरी उनीहरूले बुझ्ने शैली अर्थात् सरल र सहज तरिकाले पढाउने भन्नेबारे निकै खोजी गरेर मात्रै पाठ्यक्रम तयार पारिएको उनको भनाइ छ ।

जोशी अगाडि भन्छिन्, ‘१ कक्षा देखि १० कक्षासम्मका बालबालिकाका लागि निमाले गेमको विकास गरेको छ । उक्त गेममार्फत अङ्कगणित अर्थात् जोडघटाउको शिक्षा लिन सकिन्छ । बालबालिकाले गेममार्फत छिटो र सजिलै सिक्न सक्छन् । गणित, विज्ञान र सामाजिक शिक्षा सुन्दा जति जटिल छ बुझ्न सकेमा उति नै सहज पनि । त्यसैले यी विषयमा हामीले बढी जोड दिएका छौँ । यी विषय बुझाउन निकै सजिलो छ । अडियो भिडियो र गेममा बालबालिका बढी आकर्षित हुने भएकाले यी विषयको सिकाइ हामीले यिनै माध्यमबाट गरिरहेका छौँ ।’

शिक्षकहरूलाई पनि डिजिटल प्रविधिसँग जोड्न निमाले विभिन्न तालिम तथा प्रशिक्षण दिँदै आइरहेको छ । यसले शिक्षकहरूलाई पनि प्रविधिसँग सजिलै जोडिन र आफ्ना विद्यार्थीलाई सजिलो विधिबाट सिकाउन सहयोग मिलेको छ । कोरोना महामारीका कारण किताबहरू समयमा प्रकाशन हुन नसकेको बेला अडियो, भिडियो र चित्रद्वारा बालबालिकालाई पठनपाठन गराउन सहज भएको शिक्षकहरूले प्रतिक्रिया दिएका छन् ।

कतिपय विषय जस्तोः विज्ञानमा पढाइने कतिपय कुराहरू थ्रीडी फङ्सनबाट देखाउँदा बालबालिकाले जति पढ्दा पनि नबुझ्ने कुरा थ्रीडी भिडियोबाट सजिलै बुझ्ने गरेको निमाकी सीइओ जोशी बताउँछिन् । यस्ता कुराहरू घन्टौँ लगाएर घोक्नुपर्ने तर यस्तो प्रविधिबाट पढाउँदा उनीहरूले छिनमै बुझ्ने र आफ्नो तरिकाले वर्णन गर्न सक्ने उनी बताउँछिन् ।

निमाले विकास गरेको डिजिटल लर्निङ विधिले स्मार्ट शिक्षा प्रणालीमा थप योगदान पु¥याउने विश्वास एकेडेमीको छ । बालबालिकाको भविष्य भनेको स्मार्ट लर्निङ विधिमै भएकाले यो विधि अहिलेदेखि नै लागू गर्दै लैजानुपर्ने एकेडेमीको भनाइ छ । एकेडेमीकी सीओओ नेहा जोशी स्मार्ट शिक्षा विद्यार्थीहरूका लागि मात्र नभएर शिक्षक तथा अविभावकका लागि पनि भएको बताउँछिन् । अविभावकले आफ्ना बालबालिका कुनै नराम्रा सामग्री पो हेर्दै छन् कि भन्ने डर राख्नु पर्दैन । निमाको पाठ्यक्रममा (एपभित्र) कतिबेला के अध्ययन ग¥यो वा के हे¥यो सबैको विवरण हुने भएकाले ढुक्क हुन सक्छन् । त्यहीँबाट आफ्ना बालबालिकाको सिकाइ क्षमता र उनीहरूले कस्ता विषयलाई बढी फोकस गरेका बछन् त्यसमा अविभावक प्रष्ट हुन सक्छन् ।

एपमार्फत सामग्री, विद्यालयहरूसँग सहकार्य

निमा एकेडेमीले एपको पनि विकास गरेको छ । एकेडेमीको अफ्नै साइटमा गएर वा एप डाउनलोड गरी अध्ययन गर्न सकिन्छ । निमाले आफ्नो एपलाई ग्रामीण (दुर्गम) क्षेत्रमा पनि विकास गर्ने योजना बनाएको छ । ग्रामीण भेगका बालबालिकालाई डिजिटल शिक्षामा पहुँच विस्तार गर्न बिना इन्टरनेट चल्ने एपको विकास गरेको छ । उक्त एपमा रहेका सामग्री अर्थात पाठ्यक्रम सजिलै हेर्न वा अध्ययन गर्न सकिन्छ ।

निमाले विकास गरेको पाठ्यक्रम प्याकेजमा नै लिन सकिन्छ । केही सामग्री निःशुल्क राखिए पनि बाँकीलाई भने रकम भुक्तानी गर्नुपर्ने हुन्छ । जसका लागि कुनै पनि अनलाइन माध्यमबाटै भुक्तानी गर्न सकिन्छ । कति समयका लागि प्याकेज लिने भन्नेबारे आफैँले छनोट गर्न सकिने अप्सन पनि राखिएको हुन्छ ।

निमामा कक्षा र विषय अनुसारको कोर्स किन्न सकिन्छ । आफूले चाहेको विषय मात्र पनि किन्न सकिन्छ । गत वर्ष सबै विषय निःशुल्क पढाएको निमामा अहिले भने एक साताको निःशुल्क अध्ययन अवधि दिएको छ । एक साता सबै विषय निःशुल्क अध्ययन गरेर आफूलाई चित्त बुझ्यो वा निमाको कोर्स व्यावहारिक लागेमा किनेर थप अध्ययन गर्न सकिन्छ ।

निमा एक शैक्षिक संस्था भएकाले बालबालिकाका लागि आवश्यक सम्पूर्ण शैक्षिक सामग्री पस्कने योजना बनाएको छ । बालबालिकाको चाहना र नयाँ नयाँ प्रविधिको अध्ययन गर्दै पाठ्क्रमलाई पनि थप गर्दै जाने निमाको योजना रहेको जोशीले बताइन् ।

हाल निमाले १५० भन्दा बढी विद्यालयहरूसँग सहकार्य गरेको छ । निमासँग आबद्ध विद्यालयहरूले आफ्ना विद्यार्थीको पठनपाठनमा यसले सहयोग गरेको र विद्यार्थीहरू पनि उत्साहित भएको प्रतिक्रिया दिएको जोशीले बताइन् । नेपालमा हाल चलिरहेको पाठ्यक्रमकै आधारमा निमाले आफ्नो पाठ्यक्रम तयार पारेको छ । उक्त पाठ्यक्रमलाई पाठ्यक्रम विकास केन्द्रले स्वीकृति दिएकाले अविभावक पनि ढुक्क भएर आफ्ना बालबालिकालाई डिजिटल सिकाइका लागि अनुमति दिन सक्छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप