शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

बाढीका कारण अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन

बुधबार, २३ असार २०७८, २० : १५
बुधबार, २३ असार २०७८

पर्वतको कुश्मा नगरपालिका– ८ को सुन्दरेखोलामा आएको बाढीले क्षतविक्षत बनाएको मध्यपहाडी लोकमार्गको पर्वत खण्ड सञ्चालन भएको छ । केहीबेर अघिदेखि एकतर्फी रुपमा सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । दिउँसोदेखि मौसम सुधार आएसँगै खोलाको बहाव कम भएपछि मर्मत गरी राजमार्ग एकतर्फी खुलाइएको हो । मध्य पहाडीसँगै क्षतविक्षत भएको दोबिल्ला–फलेबास सडकखण्ड भने सञ्चालनमा आएको छैन । उक्त सडकको करिब १ सय मिटर भागसम्म ठुल्ठूला ढुङ्गा रहेको र ती ढुङ्गा ब्रेकर लगाएर फुटाउनुपर्ने भएकाले अझै समय लाग्ने प्रहरीले जनाएको छ ।

जिल्ला ट्राफिक प्रहरी प्रमुख कृष्ण खड्काका अनुसार भत्किएको राजमार्गको कुनापट्टि बाट अस्थायी सामान्य बाटो खनेर राजमार्ग खुलाइएको हो । “हिजो रातिदेखिका सवारी बन्द भएकाले एकतर्फी खुलाएर वारपार गर्न दिइएको हो”, खड्काले भने, “दुइतर्फी खुलाउन अझै समय लाग्छ ।”

खोलाले ल्याएका ठुल्ठूला ढुङ्गा हटाएर दोहोरो सवारी सञ्चालन हुने गरी सडक मर्मत गर्न समय लाग्ने मध्यपहाडी लोकमार्ग आयोजना कार्यालयले जनाएको छ । “गाडी एकतर्फी भए पनि चलाइयो”, आयोजनाका सूचना अधिकारी उज्जवल शर्माले भने, “बर्खामा व्यवस्थित हुने सम्भावना छैन । एक हप्ताभित्र दुईतर्फी सञ्चालन गर्न सकिएला ।” सडक निर्माण कम्पनीको मुख्य इञ्जिनियरसहित गाडी बगाएकाले अहिले नै सडकको सहज रुपमा सञ्चालनबारे भन्न नसकिने उनले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप