राप्रपाले गठन गर्यो ३ सदस्यीय वार्ता समिति
बुधबार, २३ असार २०७८, १९ : ५२

राष्ट्रिय प्रजातन्त्र पार्टीले समान विचारधारा भएका समूह र व्यक्तिहरुसँग वार्ता गर्नका लागि ३ सदस्यीय वार्ता समिति गठन गरेको छ । बुधबार बसेको राप्रपाको केन्द्रीय विशेष समितिको बैठकले नेता बुद्धिमान तामाङको संयोजकत्वमा ३ सदस्यीय वार्ता समिति गठन गर्ने निर्णय गरेको हो । वार्ता समितिको अन्य सदस्यमा नेताद्वय जगत गौचन र ऋषिबाबु परियार रहेका छन् ।
बैठकले उद्धव पौडेलको संयोजकत्वमा आर्थिक समिति गठन गर्नुका साथै आर्थिक क्षेत्र सम्बन्धी अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने जिम्मेवारी समेत दिएको छ । त्यस्तै बुद्दीजिविहरुसँग अन्तरक्रिया गर्नका लागि भुवन पाठकको संयोजकत्वमा ३ सदस्यीय आयोजक समिति गठन गर्ने निर्णय समेत बैठकले गरेको छ । उक्त समितिमा प्रा.डा.जयन्तनाथ खनाल र प्रा.डा. यादवप्रसाद ढुङ्गाना सदस्य रहनुभएको बैठकपछि जारी विज्ञप्तिमा जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किसानको बक्यौता भुक्तानी गर्न दुग्ध उत्पादक सहकारीको आग्रह
-
घर सजाउने सौखले रोपेको फूल बन्यो आम्दानीको स्रोत
-
१२ बजे, १२ समाचार : ताप्लेजुङमा हट्यो निषेधाज्ञादेखि प्रकृति लम्साल मृत्यु प्रकरणको थप जानकारीसम्म
-
हट्यो ताप्लेजुङमा जारी निषेधाज्ञा
-
मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक, के–के छन् नयाँ व्यवस्था (पूर्णपाठसहित)
-
पशुपतिमा चुस्त सुरक्षा व्यवस्थापन : महँगा गहना लगाएर नआउन अनुरोध