शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

राप्रपाले गठन गर्‍यो ३ सदस्यीय वार्ता समिति

बुधबार, २३ असार २०७८, १९ : ५२
बुधबार, २३ असार २०७८

राष्ट्रिय प्रजातन्त्र पार्टीले समान विचारधारा भएका समूह र व्यक्तिहरुसँग वार्ता गर्नका लागि ३ सदस्यीय वार्ता समिति गठन गरेको छ । बुधबार बसेको राप्रपाको केन्द्रीय विशेष समितिको बैठकले नेता बुद्धिमान तामाङको संयोजकत्वमा ३ सदस्यीय वार्ता समिति गठन गर्ने निर्णय गरेको हो । वार्ता समितिको अन्य सदस्यमा नेताद्वय जगत गौचन र ऋषिबाबु परियार रहेका छन् ।

बैठकले उद्धव पौडेलको संयोजकत्वमा आर्थिक समिति गठन गर्नुका साथै आर्थिक क्षेत्र सम्बन्धी अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने जिम्मेवारी समेत दिएको छ । त्यस्तै बुद्दीजिविहरुसँग अन्तरक्रिया गर्नका लागि भुवन पाठकको संयोजकत्वमा ३ सदस्यीय आयोजक समिति गठन गर्ने निर्णय समेत बैठकले गरेको छ । उक्त समितिमा प्रा.डा.जयन्तनाथ खनाल र प्रा.डा. यादवप्रसाद ढुङ्गाना सदस्य रहनुभएको बैठकपछि जारी विज्ञप्तिमा जनाइएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप