आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

ओली र नेपालपछि विष्णु पौडेल र सुरेन्द्र पाण्डे पनि पुगे मेरियट

बुधबार, २३ असार २०७८, १९ : ४२
बुधबार, २३ असार २०७८

एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता नेपालबीच भेटवार्ताका लागि होटल मेरियट पुगेको केही बेरमा उपप्रधानमन्त्री समेत रहेका नेता विष्णु पौडेल पनि पुगेका छन् । पाैडेलसँगै सुरेन्द्र पाण्डे पनि बैठक स्थल पुगेका छन् । एमाले विवाद समाधान गर्ने प्रयासस्वरुप अध्यक्ष ओली र नेता नेपालबीच भेटवार्ता भइरहेका बेला पौडेल र पाण्डे पनि मेरियट पुगेका हुन् । 

यसअघि अध्यक्ष ओलीले नेता नेपालसहित २७ जना नेताहरुलाई स्पष्टिकरण सोधेको भोलिपल्ट अर्थात गत बैशाखमा ८ गते पनि ओली र नेपाल होटल मेरियटमा भेटवार्ता गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप