बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

प्रअसहित ३ जनाविरुद्ध मुद्दा दायर

बुधबार, २३ असार २०७८, १९ : ३७
बुधबार, २३ असार २०७८

कपिलवस्तुको साविक भिल्मी गाविसस्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक दिनेशकुमार विश्वकर्मासहित ३ जनाविरुद्ध अख्तियारले मुद्दा दायर गरेको छ ।  तत्कालीन प्रधानाध्यापक विश्वकर्मा, तत्कालीन विव्यस अध्यक्ष शकिल मियाँ र नरेन्द्र कुर्मीविरुद्ध आयोगले बुधवार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

प्रधानाध्यापक विश्वकर्मा समेतले आर्थिक वर्ष २०६८–०६९ देखि २०७२–७३ सम्म छात्रवृत्ति, पाठ्यपुस्तक र दिवाखाजा शीर्षकमा​ आएको अनुदान रकम हिनामिना गरेका थिए । पहिलो आर्थिक वर्षमा ३ लाख ७१ हजार र दोस्रो आर्थिक वर्षमा २२ हजार हिनामिना गरेको अनुसन्धानबाट खुलेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप