मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

सिरहाबाट चार फरार अभियुक्त पक्राउ

बुधबार, २३ असार २०७८, १८ : ४८
बुधबार, २३ असार २०७८

कर्तव्य ज्यान मुद्दामा अदालतबाट ६ महिनाको कैद सजाय पाएर फरार एकसहित चार जनालाई सिरहा प्रहरीले आज पक्राउ गरेको छ ।  इलाका प्रहरी कार्यालय बन्दीपुर सिरहाबाट खटिएको प्रहरी टोलीले कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालतबाट ६ महिना कैद र रु ५०० जरिवाना सजाय पाएर फरार सिरहाको कर्जन्हा नगरपालिका–३ बन्दीपुरका ४३ वर्षीय ताहिर राईनलाई पक्राउ गरेको हो । 

आफ्नै घरमा लुकीछिपी बसिरहेको अवस्थामा राईनलाई पक्राउ गरिएको र आवश्यक कारवाहीको लागि जिल्ला अदालत सिरहामा बुझाई कारागार चलान गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । यस्तै ज्यान मार्ने उद्योग मुद्दामा फरार सिरहाको नरहा गाउँपालिका–३ चौहर्वा खरी टोलका ४५ वर्षीय खैरुन खातुन, २५ वर्षीय सलमान आलम र २१ वर्षीय मो आलमलाई आजै प्रहरीले पक्राउ गरेको छ । 

इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरी टोलीले ज्यान मार्ने उद्योग मुद्दामा फरार तीनै जनालाई आफ्नै घरमा लुकीछिपी बसिरहेको अवस्थामा पक्राउ गरेको जनाएको छ । पक्राउ परेका तीनै जनालाई इलाका प्रहरी कार्यालय मिर्चैयमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप