बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

६ महिनादेखि काठमाडौँमा रोकिएका दुई किर्गिस्तानी हेलिकप्टर फिर्ता

बुधबार, २३ असार २०७८, १८ : ३२
बुधबार, २३ असार २०७८

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ६ महिनादेखि रोकिएका दुई किर्गिस्तानी हेलिकप्टर फिर्ता भएका छन् । दुईवटा एमआई–१७ हेलिकप्टर सोमबार काठमाडौँबाट किर्गिस्तान उडेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका महाप्रबन्धक प्रतापबाबु तिवारीले रातोपाटीलाई बताए । 

दिल्ली जाने क्रममा ‘क्रु रेष्ट’का लागी भनेर काठमाडौँ आएका किर्गिस्तानी हेलिकप्टर जनवरी १ देखी त्रिभुवन विमानस्थलमा पार्किङ गरी राखिएको थियो । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार जनवरी १ मा हेलिकप्टर बङ्गलादेशबाट काठमाडौँ आइपुगेका थिए ।

सुरुमा दुई दिनका लागी अनुमति लिएर पार्किङ गरिएका हेलिकप्टर मर्मतको बहानामा ६ रोकिए । 

रसियाको कजान हेलिकप्टरले निर्माण गरेको ती हेलिकप्टर ३० वर्ष पुराना हुन् । पर्यटन मन्त्रालय स्रोतका अनुसार नेपाली हेलिकप्टर कम्पनीलाई बिक्री गर्न सो हेलिकप्टर नेपाल ल्याइएको थियो । 

 

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप