कर्णालीमा कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु
बुधबार, २३ असार २०७८, १८ : १०

कोरोना भाइरस (कोभिड–१९)का कारण कर्णालीमा आज ३ जनाको मृत्यु भएको छ । विगत केही दिन अघिदेखि शून्य मृत्युदर रहेको कर्णालीमा आज पुनः तीन जनाको मृत्यु भएको छ । मृत्यु हुने जुम्ला, रुकुम पश्चिम र सुर्खेतमा १/१ जना रहेका छन् । योसँगै प्रदेशमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको जम्मा संख्या ३३५ पुगेको छ । यस्तै आज प्रदेशभर ६१ जना नयाँ संक्रमित थपिएका छन् ।
८६ जनामा गरिएको आरटी–पीसिआर विधिको परीक्षणबाट २८ जना र १८२ जनामा गरिएको एन्टिजेन विधिको परीक्षणबाट ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । आज प्रदेशभर ८४ जनाले कोरोना जितेर डिस्चार्ज भएका छन् । योसँगै सक्रिय संक्रमितको संख्या १ हजार ५४ मा झरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजा ज्ञानेन्द्र : ‘मौकामा चौका हान्न’ समर्थक उचाल्ने प्रयास !
-
सप्तकोशी नदी किनारबाट १८० किलो गाँजा बरामद
-
भाषा हराएमा समाज कमजोर हुनसक्छ : सभापति देउवा
-
सम्बन्ध विच्छेदको हल्लाबारे के भन्छिन् मिशेल ?
-
पूर्वप्रधानमन्त्री शेख हसिना विरुद्ध अर्को पक्राउ पुर्जी जारी
-
जनतासँग माओवादी तराई मधेस जागरण अभियान पुन: सुरु