कालीगण्डकी डाइभर्सनको मुद्दामा दुवै पक्षलाई बोलाउन सर्वोच्चको आदेश
बुधबार, २३ असार २०७८, १७ : ५९

सर्वोच्च अदालतले कालीगण्डकी डाइभर्सन परियोजनासम्बन्धी मुद्दामा अन्तरिम आदेशबारे छलफलका लागि दुवै पक्षलाई बोलाएको छ । मंगलबार न्यायाधीश तेजबहादुर केसीले साउन ४ गते छलफलका लागि दुवै पक्षलाई बोलाउन आदेश गरेका हुन् ।
छलफलपछि अन्तरिम आदेशबारे निर्णय हुनेछ । अदालतले सरकारलाई कारण देखाउ आदेश जारी गर्दै परियोजनासम्बन्धी निर्णय र कागजातसहित उपस्थित हुन सरकारलाई आदेश दिएको छ । सरकारले डाइभर्सन आयोजना अघि बढाउन बुटवलमा कार्यालय खडा गरेपछि अधिवक्ता तुलसीराम पोखरेल समेतले सो आयोजना रोक्न अन्तरिम आदेशको माग गर्दै सर्वोच्चमा रिट हालेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पिकअप भ्यान पल्टिंदा दुई जनाको मृत्यु, २२ जना घाइते
-
चीनमाथि थप ५० प्रतिशत अतिरिक्त भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
-
निर्माणाधीन एसियाली राजमार्गले निम्त्याएको प्रदूषण नियन्त्रण गर्न स्थानीयको माग
-
सञ्चारकर्मी तथा गीतकार राधिकाको ‘फूल फूल्यो फक्रियो’ सार्वजनिक
-
आईपीएलमा मुम्बई इन्डियन्सको चौथो हार, बैंग्लुरु तेस्रो स्थानमा यथावत
-
डढेलोले सखाप हुँदै जङ्गल