शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

थप १६ अंकको गिरावटसँगै बुधबार नेप्से परिसूचक २८ सयमा झर्यो

बुधबार, २३ असार २०७८, १६ : ३४
बुधबार, २३ असार २०७८

केही हप्ता अघि ३ हजार माथि उक्लेको सेयर बजार परिसूचक नेप्से लगातारको गिरावटसँगै बुधबार २ हजार ८ सयको विन्दुमा झरेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज बुधबार नेप्से परिसूचक थप १६.९७ अंकले घटेर २ हजार ८०१.१३ विन्दुमा झरेको हो । 

गत मंगलबार नेप्से परिसूचक ५.२४ अंकले घटेर २ हजार ८१८.१० विन्दुमा झरेको थियो । नेप्सेका अनुसार आज ‘क’ वर्गका सेन्सेटिभ इन्डेक्स समेत १.५० अंकले घटेर ५२५.२४ विन्दुमा झरेको छ । 

यस दिन विकास बैंक र माइक्रोफाइनान्स दुई समूह चम्किदा अन्य प्रायः सबै जसो समूहहरु गुमाएका छन् । आज कुल २२२ कम्पनीका एक करोड १६ लाख ६४ हजार २०७ कित्ता सेयर ४६ हजार १८३ पटक किनबेच हुँदा ४ अर्ब ५८ करोड ५८ लाख ६१ हजार ०७६ रुपैयाँको कारोबार भएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप