बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

रुपा सुनार प्रकरणमा कृष्ण गोपालसहित दुबै पक्षलाई सर्वोच्चले बोलायो

बुधबार, २३ असार २०७८, २३ : २६
बुधबार, २३ असार २०७८

सञ्चारकर्मी रुपा सुनारले दायर गरेको जातीय विभेदसम्बन्धी रिट निवेदनमा सर्वोच्चले दुबै पक्षलाई छलफलका लागि बोलाएको छ । 
सर्वोच्चका न्यायाधीश कुमार रेग्मीको इजलासले हालसम्म भएको अनुसन्धानको प्रगतिसहित अन्तरिम आदेश हुने नहुने भन्ने विषयमा असार २९ गते दुबै पक्षलाई छलफलका लागि बोलाएको हो । 

साथै विषयको गाम्भीर्यतालाई मध्यनजर गर्दै छिटो टुंग्याउन मनासिव देखिएकाले अदालतले अग्राधिकार समेत दिएको छ । 
सुनारले शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ समेतलाई विपक्षी बनाएर सर्वोच्चमा रिट दायर गरेकी थिइन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप