शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सन्नी लियोनीको गीतमा मज्जाले नाचिन् बेहुली, हेरेको हेर्‍यै भए जन्ती

बुधबार, २३ असार २०७८, १६ : १०
बुधबार, २३ असार २०७८

विवाहको सिजनमा भारतमा अलग खाले रौनक देखिन्छ । कोरोना भाइरसका कारण विवाहमा बोलाउनुपर्ने पाहुनाको संख्या सीमित गरिएपनि बिहेमा हुने रौनक घटेको छैन । 

किनकी, आजकल सामाजिक सञ्जालमा विवाहका भिडियो भाइरल हुने गरेका छन् । बिहेमा जान नपाएपनि मानिसहरु अनलाईनमै भिडियो हेरेर खुसी हुन्छन् । 

भर्खरै एउटा भिडियो भाइरल भएको छ । जहाँ बेहुलीले सन्नी लियोनीको ‘मेरे सइयां सुपरस्टार’ बोलको गीत कम्मर मर्काउँदै नाचेकी छिन् । 

यो भिडियो गत वर्ष डिसेम्बरको हो । तर, अब फेरि भाइरल बनेको छ । यस मिडियोमा मराठी बेहुली निकै बिन्दास अन्दाजमा नाचेको देखिन्छिन् । मानिसहरुले यस भिडियोलाई हेरेर राम्रो प्रतिक्रिया दिइरहेका छन् । र, बेहुलीको डान्सको पनि निकै प्रशंसा गरिएको छ । 

यतिमात्र होइन बेहुलीको डान्स देखेर जन्तीसँगै बेहुला पनि दंग परेका छन् । कालो चस्मा लगाएर बेहुलीले मज्जाको स्टेपमा डान्स गर्दा उपस्थित भएकाहरु हेरेको हे-यैं भएका छन् । अनि, मानिसहरु यो भिडियो खिच्न व्यस्त छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप