बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

शिक्षामन्त्रीले राजीनामा नदिए अनसन बस्ने सांसदको चेतावनी

बुधबार, २३ असार २०७८, १६ : ०१
बुधबार, २३ असार २०७८

राष्ट्रियसभाको बैठकमा शिक्षा तथा विज्ञान प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठको राजीनामा मागिएको छ । बुधबार सभाको विषेश समयमा बोल्दै सांसद राधेश्याम पासवानले जातीय विभेद गर्ने मन्त्रीलाई सरकारबाट नहटाए अनसन बस्ने चेतावनी दिएका छन् । 

सांसद पासवानले दलितलाई ब्यक्तिको घर, धारा, मन्दिरमा अझै  दलितलाई प्रवेश निषेध गरेको बताउँदै विभिन्न समयमा कानुन बनाएपनि कार्यान्वयन  नभएको बताए  । उनले राजधानीमै रुपा सुनारमाथि जातीय विभेद भएको बताउँदै शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठले आरोपितलाई छुटाएकोमा आपत्ति जनाए । मन्त्री श्रेष्ठले राजीनामा नदिए अनसन बस्ने चेतावनी समेत दिए । 

उनले भने– ‘शिक्षामन्त्रीले आरोपीलाई आफ्नै सरकारी गाडीमा हालेर लैजानुभयो, यो संविधानको खिल्ली उडाएको त हैन ? यो सदनबाट म शिक्षा मन्त्रीको राजीनामा माग्छु । यदि राजीनामा नदिने हो भने संसदमा अनसन बस्न राजी हुन्छु ।’ उनले मन्त्रीले राजीनामा नदिए देशका ६० लाख दलितहरू आन्दोलनमा उत्रिने बताए । 

यस्तै प्रतिनिधिसभा विघटनको विरोधमा गत पुसमा माओवादी केन्द्र सर्लाहीका इन्चार्ज डाचाराज वाग्लेको बरथहाको आन्दोलनबाट घर फर्किने क्रममा रहस्यमय मृत्यु भएको बताए । वाग्ले सर्लाहीका मिटरब्याजीहरुको विरोधी रहेको र उनको रहस्यमय ढंगले हत्या भएको उल्लेख गरे ।  ५ महिनासम्म पनि प्रशासनले सो घटनाको रहस्य पत्ता लगाउन नसकेको उल्लेख गर्दै दोषी पत्ता लगाएर कारवाही गर्न पासवानले आग्रह  गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप