शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

भारतमा मन्त्रिमण्डल विस्तार अघि धमाधम मन्त्रीहरूले राजीनामा दिँदै

बुधबार, २३ असार २०७८, १५ : ५२
बुधबार, २३ असार २०७८

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज आफ्नो मन्त्रिमण्डल विस्तार गर्दैछन् । दोस्रो कार्यकालमा उनले पहिलो पटक मन्त्रिमण्डल विस्तार गर्न लागेका हुन् । मन्त्रिमण्डल विस्तारअघि आधा दर्जन केन्द्रीय मन्त्रीहरूले राजीनामा दिइसकेका छन् ।

केन्द्रीय मन्त्री बाबुल सुप्रियोले मन्त्रिमण्डल फेरबदलअघि राजीनामा दिएका छन् । उनले आफ्नो आधिकारिक फेसबुक पेजमा आफूलाई राजीनामा दिन भनेपछि राजीनामा दिएको जानकारी दिएका छन् ।

त्यस्तै, केन्द्रीय स्वास्थ्य मन्त्री हर्षवर्धनले आफ्नो पदबाट राजीनामा दिएका छन् भने केन्द्रीय रसायन र उर्वरक मन्त्री डीवी सदानन्द गौडा, राज्य मन्त्री प्रताप चन्द्र सारङ्गी, शिक्षामन्त्री रमेश पोखरियाल निशंक र श्रम मन्त्री सन्तोष गंगवारले पनि राजीनामा दिएका छन् ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप