देउवा, प्रचण्ड र माधव नेपाललाई ५ विद्यार्थी संगठनले बुझाए ज्ञापनपत्र

person explore access_timeअसार २३, २०७८ chat_bubble_outline0

पाँचवटा विद्यार्थी संगठनले  विपक्षी गठबन्धनका शीर्ष नेताहरुलाई ज्ञापनपत्र बुझाएका छन् । काँग्रेसको नेविसंघ, माओवादी केन्द्रको अखिल क्रान्तिकारी, एमाले माधव नेपाल समूहको अखिल, जसपाको विद्यार्थी युनियन र अखिल (छैटौं)ले पूर्वप्रधानमन्त्री तथा गठबन्धनका शीर्ष नेतालाई सामुहिक रुपमा ज्ञापनपत्र बुझाएको हो  ।


पाँच संगठनले पूर्वप्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले वरिष्ठ नेता माधव नेपाललाई भेटेर संविधानको धारा ३१, ३३ र ३५ मा रहेको मौलिक हक कार्यान्वयनका लागि ज्ञापनपत्र बुझाएका हुन् ।



अब जसपा अध्यक्ष उपेन्द्र यादव पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलाई ज्ञापनपत्र बुझाउने विद्यार्थी संगठनको तयारी छ ।  संविधानमा व्यवस्था गरिएको शिक्षा, स्वास्थ्य र रोजगारीको मौलिक हकलाई सरकारमा रहँदा वा नरहँदा कार्यान्वयन गर्ने सार्वजनिक प्रतिवद्धता जनाइदिन उनीहरुले गठबन्धनका नेताहरुको ध्यानाकर्षण गराएका छन् । 



‘संविधानको धारा ३१, ३३ र ३५ मा रहेको शिक्षा, रोजगारी र स्वास्थ्यको हकलाई मौलिक हकको रुपमा किटानी  गरिएको छ । संविधानतः कक्षा ८ सम्मको शिक्षा निशुल्क र अनिवार्य तथा कक्षा १२ सम्मको शिक्षा निःशुल्क हुनुपर्दछ भने स्वास्थ्य र रोजगारीको हक पूर्ण रुपमा सुनिश्चित हुनुपर्दछ । तर यो प्रावधान व्यवहारमा कार्यान्वयन हुन सकेको छैन’ ज्ञापनपत्र भनिएको छ ।

यसको कार्यान्वयनका सार्वजनिक प्रतिबद्धता जाहेर गराउने राष्ट्रियसभा गृहका कार्यक्रम गराउने तयारी भइरहेको नेविसंघ महामन्त्री बलदेव तिमिल्सिनाले जानकारी दिए ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।