शुक्रबार, ०४ माघ २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

मैलुङ खोला जलविद्युतले पायो आईपीओ निष्काशनको अनुमति

बुधबार, २३ असार २०७८, १५ : ४२
बुधबार, २३ असार २०७८

मैलुङ खोला जलविद्युत आयोजनाले आईपीओ निष्काशनको अनुमति पाएको छ । कम्पनीले २०७४ माघ १८ गते आइपिओ निष्काशनको लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको थियो । 
आजै मात्र यसमो आइपिओ निष्काशनका लागि अनुमति दिइएको नेपाल धितोपत्र बोर्डका सहप्रवक्ता रुपेश केसीले बताए । 

मैलुङले ७ लाख ३६ हजार २ सय ८६ कित्ता निष्काशनको लागि अनुमति मागेको थियो । सय रुपैयाँ अंकित दरमा यसले ७ करोड ३६ लाख २८ हजार ६ सय रुपैयाँ बराबरको आइपिओ निष्काशन गर्नेछ । 
यसको बिक्रि प्रबन्धकको काम सिद्धार्थ क्यापिटलले गर्नेछ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप