बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

‘नेपाल वायुसेवा निगम सरकारको स्वामित्वमा नै रहिरहनुपर्छ’ (निगमको विज्ञप्तिसहित)

बुधबार, २३ असार २०७८, १५ : ३३
बुधबार, २३ असार २०७८

नेपाल वायुसेवा निगम व्यवस्थापनले निगम पूर्णरुपमा नेपाल सरकारको स्वामित्वमा रहिरहनुपर्छ भन्ने आफूहरुको धारणा रहेको स्पष्ट पारेको छ  ।

निगमका महाप्रबन्धक डिम प्रसाद पौडेलले बुधबार जारी गरेको विज्ञप्तिमा निगम सञ्चालक समितिले नेपाल सरकार, अर्थमन्त्रालयको निर्देशन पालना गरेको र व्यवस्थापनले निगमको सञ्चालक समितिबाट प्राप्त निर्देशनको पालना गर्ने कार्य गरेको भन्दै व्यवस्थापनले निगम सञ्चालक समितिबाट प्राप्त निर्देशनको पालना गर्ने भएको उल्लेख गरेका छन् । 


विज्ञप्तिमा प्रवन्ध पत्र तथा नियमावलीको मस्यौदाको विषय निगम व्यवस्थापनमा नपठाइएकाले निर्णय पालना गर्ने कार्य मात्र निगम व्यवस्थापनबाट भएको उल्लेख गरिएको छ ।

निगमले कार्यरत कर्मचारीसम्बद्ध तीनवटै ट्रेड युनियनले गरिरहेको आन्दालनप्रति ध्यानाकर्षण भएको पनि जनाएको छ । उनीहरुले निगमलाई पब्लिक कम्पनीमा रुपान्तरण गर्न लागिएको आरोप पनि लगाएका छन् । 
यसबारे यस्तो छ निगमको प्रष्टीकरण 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप