आरबिबी म्युचुअल फण्ड–१ आजदेखि बिक्रीमा
आजदेखि राष्ट्रिय वाणिज्य बैंकले खुला गरेको आरबिबी म्युचुअल फण्ड–१ को बिक्री खुला भएको छ । यसको योजना व्यवस्थापक आरबिबी मर्चेन्ट बैंकिङ हो भने कोष प्रबद्र्धक राष्ट्रिय वाणिज्य बैंक हो ।
अङ्कित मूल्य रु १० का दरका रु १० करोड इकाइ जारी गरिने छ । यसमध्ये रु एक करोड ५० लाख इकाइ वा कूल बिक्री भएको इकाइको सङ्ख्यामा १३ प्रतिशत राष्ट्रिय वाणिज्य बैंकलाई र दुई प्रतिशत आरबिबी मर्चेन्ट बैंकिङलाई छुट्याइएको छ । बाँकी रहेको रु आठ करोड ५० लाख इकाइ सर्वसाधारणलाई बिक्री गरिने छ ।
म्यचुअल फण्डको इकाइमा न्यूनतम १०० कित्तादेखि अधिकतम रु एक करोड इकाइसम्म आवेदन दिन सकिने छ । निष्काशन तथा बिक्री छिटोमा असार २७ गते र ढिलोमा साउन ६ गते बन्द गरिने छ । यो योजना कोष प्रवर्धक राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र योजना व्यवस्थापक तथा डिपोजिटरी आरबिबी मर्चेन्ट बैकिङ लिमिटेड हुने गरी ‘आरबिबी म्युचुअल फण्ड’ अन्तर्गत सञ्चालन हुने बन्दमुखी योजना हो ।
यस योजनाको समयावधि सात वर्ष रहेको छ । कम्पनीले सात वर्षको अवधिमा लगानीकर्तालाई १६० प्रतिशतसम्मको प्रतिफल दिने जनाएको छ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले सञ्चालन गर्न लागेको यो पहिलो सामूहिक लगानी कोष योजना हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यातायात व्यवसायीले भने-काठमाडौंको ट्राफिक व्यवस्थापन प्रभावकारी भएन
-
हर्क साम्पाङको उपमहानगर धरानमा सुर्तीजन्य वस्तु किन्न र बेच्न प्रतिबन्ध
-
१२ बजे, १२ समाचार : सरकारविरुद्ध सशक्त विरोध गर्ने विपक्षी दलको तयारीदेखि वकिललाई आक्रमण गरेको अपजस खेप्दै रास्वपासम्म
-
लुम्बिनीमा बन्ने युनिभर्सल पिस सेन्चुरीबारे विश्वलाई जानकारी दिँदै नेपाली धर्मगुरु
-
किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ
-
छरिएर रहेका वामपन्थी शक्तिलाई एकै ठाउँमा ल्याउने प्रयास भइरहेको छ : अध्यक्ष नेपाल