शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

तीन मुक्तक

बुधबार, २३ असार २०७८, १३ : ५३
बुधबार, २३ असार २०७८

एक– आँट

मानिस यहाँ हार्नुहुन्न

आफूलाई एक्लै पार्नुहुन्न

अरुले झारे भन्दैमा

आफूले आफूलाई झार्नुहुन्न

दुई– चिन्नु

किनेर किनिँदैन

पिनेर पिनिँदैन

कहिलेकाहीँ यही माया

चिनेर चिनिँदैन ।

तीन–  माया

नहाले खाली रहन्छ

थप्दै हालिरहन्छ

एउटाको मायाले नै

अर्कोको माया बालिरहन्छ

(लस एन्जलस, अमेरिका)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राकेश कार्की
राकेश कार्की
लेखकबाट थप