शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

पाल्पामा टिपर दुर्घटना, चालकको मृत्यु

बुधबार, २३ असार २०७८, १३ : ४७
बुधबार, २३ असार २०७८

पाल्पामा आज बिहान टिप्पर दुर्घटना हुँदा पूर्वखोला गाउँपालिका–५ वीरकोटका २६ वर्षीय सवारी चालक सुदीप गैरेको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीका अनुसार चुनढुङ्गा बोकेर पाल्पाबाट बुटवलतर्फ जाँदै गरेको लु२ख ८२० नंको टिप्पर सिद्धार्थ राजमार्गको चरचरेमा दुर्घटना भएको थियो ।

सडकदेखि ३०० मिटर तल खोलामा टिप्पर खस्दा घाइते भएका चालक गैरेलाई उपचारका लागि तानसेनस्थित लुम्बिनी मेडिकल कलेजमा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप