दक्षिण कोरियामा कोभिडका सङ्क्रमित बढ्न थाले

दक्षिण कोरियामा कोभिड १९ का सङ्क्रमितहरु फेरि बढ्न थालेका छन् । प्राप्त समाचारअनुसार यहाँ गएको २४ घन्टा यता मात्र कोभिडका सङ्क्रमितहरु बढेका बुधबार स्वास्थ्य अधिकारी जानकारी दिएका छन् ।
यहाँ केही दिनयता कोभिडका सङ्क्रमितहरु बढ्न थालेपछि यहाँ कोभिडको चौथो वेभ आउन सक्ने अनुमान गरिएको छ । यहाँ अबका केही दिनमा गर्मी मौसमको विदा शुरु हुँदै छ । यही विदाको पूर्व सन्ध्यामा यहाँ कोभिडका सङ्क्रमितहरु बढ्न थालेपछि यो चौथो वेभ आउन सक्ने त्रास बढेको बताइएको छ ।
दक्षिण कोरियाका अधिकारीहरुले दिएको जानकारी अनुसार यहाँ गएको २४ घन्टामा १ हजार २१२ जना सङ्क्रमित पाइएका छन् । योसँगै दक्षिण कोरियामा कोभिडका संक्रमितको संख्या १ लाख ६२ हजार ७५३ जना पुगेको बताइएको छ ।
यहाँ पछिल्ला केही हप्ता यतादेखि कोभिडका सङ्क्रमितहरुको संख्या बढ्दो देखिएको छ । मङ्गलबार देखिएको १ हजार २१२ जना सङ्क्रमितको संख्या पनि धेरै पछि देखिएको ठूलो संख्या हो । तर पनि अघिल्ला दिनहरुमा यहाँ ७०० भन्दा केही धेरै मात्र संख्याका सङ्क्रमित भेटिएका थिए । त्यसमा बृद्धि भएर मङ्गलबार मात्र अकस्मात यति धेरै संख्यामा संक्रमितहरु पाइएको हो ।
यहाँका स्वास्थ्य अधिकारीहरुले गएको ६ महिनापछि यहाँ यति धेरै संख्यामा सङ्क्रमित भेटिएको बताएका छन् । यहाँ मृत्यु हुनेको संख्या भने थोरै रहेको छ । बुधबार देखिएका यी सङ्क्रमितहरुमा करिब ६०० जति राजधानी सोलकै रहेका पाइएको छ । यसकारण पनि धेरै पछि यति धेरै संख्यामा सङ्क्रमितहरु देखिँदा अर्को वेभको त्रास बढेको समाचारमा जनाइएको छ । –सिन्ह्वा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टाउको तल र खुट्टामाथि परेको अवस्थामा मृत भेटिए कर्मचारी
-
श्रेयस-इशान बीसीसीआईको केन्द्रीय सम्झौतामा फर्किए, रोहित-विराट ए प्लस ग्रेडमा कायमै
-
खेलकुदमार्फत खेल पर्यटनको विकास गर्न सकिन्छ : सभामुख घिमिरे
-
९ महिनामा ४७ अर्बको खाद्यान्न आयात, निर्यात कति ?
-
एसियन कप छनोटलाई ध्यानमा राखी महिला टोलीको प्रमुख प्रशिक्षक खोज्दै एन्फा
-
किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ