उत्तरी गोरखामा कार्यरत प्रहरी जवान बेपत्ता

उत्तरी गोरखाको सामागाउँमा कार्यरत एक प्रहरी जवान बेपत्ता भएका छन् । चुमनुव्री गाउँपालिकास्थित सामागाउँ प्रहरी चौकीमा कार्यरत प्रहरी जवान मोहनसिंह कुँवर यही असार १ गतेदेखि सम्पर्कविहीन भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक शेखर खनालले जानकारी दिए ।
कञ्चनपुर जिल्लाको बेलकोट नगरपालिका–२ घर भएका प्रहरी जवान कुँवर घर बिदाबाट फर्किएर कार्यक्षेत्रमा सामागाउँ जान भनि हिँडेको भए पनि अहिलेसम्म कार्यक्षेत्रमा नपुगेको र सम्पर्कमा पनि नआएको उनले बताए । कुँवर धार्चे गाउँपालिकाको तातोपानी क्षेत्रसम्म पुगेको भन्ने सूचना प्राप्त भएको भए पनि त्यहाँबाट कहाँ गए भन्ने बारेमा खुल्न नसकेको एसपी खनालले बताए ।
सम्पर्कविहीन भएका प्रहरी जवान कुँवरको खोजी कार्य तीव्र पारेको उहाँको भनाइ छ । ‘‘इलाका प्रहरी कार्यालय आरुघाटका प्रहरी निरीक्षकको कमाण्डमा प्रहरी टोली नै परिचालन गरेर खोजीकार्य भइरहेको छ’’, एसपी खनालले भने, “अहिलेसम्म फेला पार्न सकिएको छैन ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षा ऐन जारी गराउन क्रान्तिकारीद्वारा संघर्षको कार्यक्रम घोषणा
-
राष्ट्रिय स्केटबोर्ड च्याम्पियनसिप सुरु
-
शिक्षकको मागप्रति सरकार गैरजिम्मेवार बन्दै गएको छ : पुष्पराज कुँवर (भिडियो कुराकानी)
-
कक्षा १२ को परीक्षा स्थगित भएको हल्ला फैलिएपछि...
-
कार्यकारी निर्देशकबाट डा. गुणाकर भट्टले दिए राजीनामा
-
सञ्चारिका समूहद्वारा रातोपाटीकर्मी सरिता थारु सहित ६ जना महिला पत्रकार सम्मानित