बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

विदेशमा चिकित्सा शिक्षा पढेकाले स्वदेशमै इन्टर्नसिप गर्न पाउने व्यवस्था (सूचनासहित)

बुधबार, २३ असार २०७८, १२ : ४७
बुधबार, २३ असार २०७८

विदेशमा चिकित्सा शिक्षा अध्ययन गरेको तर कोरोनाका कारण इन्टर्नसिप पुरा गर्न नपाएका नेपाली विद्यार्थीले अब स्वदेशमा नै इन्टर्नसिप पूरा गर्न पाउने भएका छन् । 
कोरोनाभाइरसका कारण विदेशमा इन्टर्नसिप गर्न नपाएकाले नेपालमै गर्न पाउनुपर्ने उनीहरुले लामो समयदेखि माग राख्दै आएका थिए । 

सोही अनुसार चिकित्सा शिक्षा आयोगले विदेशमा अध्ययन गरेका विद्यार्थीलाई नेपालमै इन्टर्नसिपको व्यवस्था गरेको हो ।
चिकित्सा शिक्षा आयोगले बुधबार सूचना जारी गर्दै विदेशमा चिकित्सा शिक्षा अध्ययन गरेर कोभिड –१९ का कारण इन्टर्नसिप पूरा गर्न नपाएका विद्यार्थीलाई आवेदन  दिन माग गरेको छ । 
 आयोगमा २०२० को अप्रिल महिनाको अन्तसम्ममा अन्तिम परीक्षा उत्तीर्ण गरेर  बाँकी अवधि पूरा गर्नका लागि आवेदन माग हो । 

 इन्टर्नसिप व्यवस्थापन समितिको २१ असारमा बसेको बैठकले आवेदन माग गर्ने निर्णय गरेको हो । आवेदन २४ असारबाट ५ साउनसम्म अनलाइनमार्फत भर्नुपर्ने हुन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप