युनियन लाइफले भोलिदेखि ६४ करोड ५० लाख बराबरको आईपीओ जारी गर्दै

person explore access_timeअसार २३, २०७८ chat_bubble_outline0

युनियन लाइफ इन्स्योरेन्सले बिहीबारदेखि ६४ करोड ५० लाख रुपैयाँ बराबरको ६४ लाख ५० हजार कित्ता प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ ।

संस्थागत कर्मचारी, सामूहिक लगानी कोष र सर्वसाधारणका लागि प्रति कित्ता एक सय रुपैयाँको दरले कुल ६४ लाख ५० हजार कित्ता आईपीओ कम्पनीले सार्वजनिक गर्न लागेको हो । 

कुल ६४ लाख ५० हजार कित्ता सेयर मध्ये, समान ३ लाख २२ हजार ५०० कित्ता संस्थागत कर्मचारी र सामूहिक लागनीकोषलाई छुट्याएर बाँकी रहेको ५८ लाख ५ हजार कित्ता सर्वसाधारणका लागि निष्काशन गर्न लागिएको कम्पनीले जनाएको छ । 

सर्वसाधारण लगानीकर्ताहरूले कम्पनीको सेयर खरिदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम ३२ हजार २५० कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । आवेदन छिटोमा असार २८ गतेसम्म दिइसक्नुपर्ने छ भने, माग अनुसार आवेदन नपरेको खण्डमा कम्पनीले साउन ७ गतेसम्म आवेदन समयावधी बढाउने जनाएको छ ।
कम्पनीको सेयर विक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।