जीवन विकास लघुवित्तको आईपीओ बाँडफाँड, भाग्यशाली ५ जनाले पाए ११/११ कित्ता
जीवन विकास लघुवित्तको आईपीओ बुधबार बाँडफाँट भएको छ । कम्पनीले गत असार ११ गतेदेखि १५ गतेसम्म सर्वसाधारणका लागि खुल्ला गरेको प्रतिकित्ता १०० अंकित दरका १९ लाख ७७ हजार ३०० कित्ता साधारण सेयर आज बाँडफाँड भएको हो ।
बिक्री प्रबन्धक एनएमबी क्यापिटलको कार्यालयमा बुधबार बिहान भएको आइपिओ बाँडफाँटमा १ लाख ८४ हजार ८०१ जनाले १० कित्ताका दरले लघुवित्तको सेयर हात पारेका छन् भने ६५ हजार ५३८ जनाको हात खाली हुन पुगेको छ ।
जसमध्ये ५ जना भाग्यशाली आवेदकले ११÷११ कित्ता शेयर पाएको विक्री प्रबन्धक एनएमबीले जनाएको छ । मागभन्दा धेरै आवेदन परेकोले गोलाप्रथा मार्फत सेयर बाँडफाँट गरिएको थियो ।
कुल सेयरमध्ये ९८ हजार ८६५ कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको थियो भने, बाँकी १८ लाख ४८ हजार १५ कित्ता सर्वसाधारणका लागि खुल्ला गरिएको थियो ।
कुल २० लाख ८७ हजार ३१७ जनाले ३ करोड १२ लाख ९९ हजार ३४० कित्ताका लागि आवेदन दिएका थिए । जसमध्ये ३ हजार ४७१ जनाको आवेदन रद्द भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यातायात व्यवसायीले भने-काठमाडौंको ट्राफिक व्यवस्थापन प्रभावकारी भएन
-
हर्क साम्पाङको उपमहानगर धरानमा सुर्तीजन्य वस्तु किन्न र बेच्न प्रतिबन्ध
-
१२ बजे, १२ समाचार : सरकारविरुद्ध सशक्त विरोध गर्ने विपक्षी दलको तयारीदेखि वकिललाई आक्रमण गरेको अपजस खेप्दै रास्वपासम्म
-
लुम्बिनीमा बन्ने युनिभर्सल पिस सेन्चुरीबारे विश्वलाई जानकारी दिँदै नेपाली धर्मगुरु
-
किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ
-
छरिएर रहेका वामपन्थी शक्तिलाई एकै ठाउँमा ल्याउने प्रयास भइरहेको छ : अध्यक्ष नेपाल