शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

जब सायराले भनेकी थिइन्, ‘यदि दिलिप साहब र मेरो छोरा भएको भए ठ्याक्कै शाहरुख खान जस्तै हुन्थे’

बुधबार, २३ असार २०७८, ११ : २६
बुधबार, २३ असार २०७८

सिनेमाका पहिलो सुपरस्टार दिलिप कुमारले सोमबार बिहान साढे सात बजे मुम्बईको अस्पतालमा आफ्नो अन्तिम सास फेरे । दिलिप ९८ वर्षका थिए । दिलिप कुमारलाई सास फेर्न समस्या भएक कारण ३० जूनमा अस्पताल भर्ना गरिएको थियो ।

दिलिप कुमारकी श्रीमती तथा अभिनेत्री सायरा बानो उनको सबैभन्दा ठूलो सपोर्ट सिस्टम रहिन् । केही वर्ष अघि जब दिलिपको स्वास्थ्य खराब भयो, त्यतिबेला उनका प्रशंसक तथा सुपरस्टार शाहरुख खान उनलाई भेट्न पुगेका थिए । सायरा बानोले मिडियालाई यसको जानकारी दिएकी थिइन् । सायराले शाहरुख खान आफ्नी छोरी सुहानासँग दिलिप साहबको स्वास्थ्य स्थितिबारे जानकारी लिन पुगेको बताइन् ।

एक अन्तरवार्ताका बेला शायरा बानोले शाहरुखसँग आफ्नो पहिलो भेटघाटबारे कुरा गर्दै पहिलो पटक ‘दिल आशना है’ को मूहूर्तमा उनलाई भेटेको बताइन् । दिलिप कुमारले नै शाहरुख खानको फिल्मको पहिलो क्ल्यापिङ गरेका थिए । शाहरुख र दिलिपको पहिलो भेट स्मरण गर्दै सायराले यी दुईको धेरैकुरा समानता देखिएको बताइन् ।

 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 

A post shared by Shah Rukh Khan (@iamsrk)

छोरा भएको भए शाहरुख खान जस्तै हुन्थेः

सायरा भन्छिन्, ‘मैले सधैं भन्ने गर्छु कि यदि मेरो छोरा भएको भए शाहरुख खान जस्तै देखिन्थे । साहब र शाहरुख एकै खालका छन् । उनीहरुको कपाल पनि एकै किसिमको छ । यसै कारण मैले शाहरुखको कपाल सुम्सुमाउने गर्दथेँ । हामी एकदिन भेट्दा शाहरुखले मलाई ‘आज तपाईंले मेरो कपाल सुम्सुमाउनुभएको छैन’ भने । मैले पनि झुट्ट जवाफ दिएँ, ‘मलाई त यसमा धेरै खुसी लाग्नेछ ।’’

धेरैलाई थाहा नहोला तर शाहरुखले मधुबाला–सलीमको पोस्टरमा दिलिप कुमारको अटोग्राफ लिएर आफ्नो स्क्रिनिङ थिएटरमा राखेका छन् ।

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप