शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

पाल्पामा ट्रिपर दुर्घटना हुँदा चालकको ज्यान गयो

बुधबार, २३ असार २०७८, १० : ११
बुधबार, २३ असार २०७८

बुधबार बिहान ६ बजेको समयमा पाल्पामा ट्रिपर दुर्घटना हुँदा चालकको ज्यान गएको छ । जिल्लाको तिनाउँ गाउँपालिका–५ चरचरेस्थित सिद्धार्थ राजमार्गमा चुनढुङ्गा लोड गरी बुटवलतर्फ फर्किने क्रममा लु २ ख ८२० नम्बरको ट्रिपर  सडकदेखि करिव ३ सय मिटर तल खोलामा  खस्दा त्यसका चालक पुर्वखोला गाउँपालिका– ५ बिरकोटका २६ बर्षीय सुदिप गैरेको मृत्यु भएको हो ।

पाल्पाका प्रहरी प्रबक्ता डिएसपी रामेश्वर त्वातीका अनुसार गम्भीर घाइते चालक गैरेलाई लुम्बिनी मेडिकल कलेज पाल्पा प्रभासमा ल्याईएको र डाक्टरले उनलाई मृत घोषणा गरेका थिए । 

प्रहरी निरीक्षकको टोली घटना स्थलमा पुगेको र एआरएम कन्स्ट्रक्सन प्रालिको उक्त ट्रिपर  रहेको डिएसपी त्वातीले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप