शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

खोलाले बगाएको गाडी भेटियो, तीन जना अझै बेपत्ता

बुधबार, २३ असार २०७८, १० : ०५
बुधबार, २३ असार २०७८

पर्वतमा खोलाले बगाएको गाडी भेटिएको छ । अविरल वर्षासँगै आएको बाढीका कारण मध्यरातमा गाडी बगाउँदा मध्यपहाडी लोकमार्ग आयोजना कार्यालयका प्रोजेक्ट म्यानेजरसहित ३ जनालाई बढीले बगाएको थियो । 

मोदी खोलामा हाइलक्स गाडी भेटिएपनि बेपत्ता ३ जना भने भेटिएका छैनन् । अविरल वर्षासँगै कुश्मा नगरपालिका –८ चुवा स्थित सुन्दरे खोलामा आएको बाढीले मध्यरातमा गाडीसहित ३ जनालाई बगाएको हो ।
गाडी बगाएको सुन्दरे खोला मोदी खोलामा मिसिएको ठाउँबाट करिब पाँच सय मिटर तल गाडी देखिएको हो ।

गाडी भेटिएपछि अहिले नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले उद्धार कार्यमा लागेको प्रहरीले जनाएको छ । 

मध्यपहाडी लोकमार्गमा कार्यरत २ जना कर्मचारी वेपत्ता भएको पुष्टि भएको छ । वेपत्ता हुनेमा साइड इन्जिनियर राजाराम आचार्य र सवारी चालक इन्द्र थारुको पहिचान भएको जिल्ला प्रहरी कार्यलय प्रहरी कार्यालय पर्वतका प्रहरी नायव उपरीक्षक शिवराज बुढाथोकीले जानकारी दिए ।

रातको समयमा गाडीलाई खोलाले बगाएकाले गाडीमा सवैको पहिचान नभएको प्रहरीको उनले बताए ।  वेपत्ता उनीहरुको मध्यरातदेखि नै खोजीकार्य जारी रहेपनि हालसम्म पनि पत्ता नलागेको प्रहरीले जनाएको छ ।  


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप